एकैसाथ बीएसए ब्यान्टम ३५० र स्क्र्याम्बलर ६५० लन्च, रोयल इन्फिल्डसँग प्रतिस्पर्धा हुने

कुनै समय बेलायती मोटरसाइकल बजारमा अग्रपंक्तिमा रहेको बीएसए पुनः सक्रिय बन्दैछ। कम्पनीले बेलायतमा एकैसाथ दुई नयाँ मोटरसाइकल ब्यान्टम ३५० र स्क्र्याम्बलर ६५० लन्च गरेको छ । यी दुवै बाइक पहिले नै उपलब्ध मोडलमा आधारित छन् ।

बीएसए ब्यान्टम ३५० को सुरुवाती मूल्य बेलायतमा ३ हजार ४९९ पाउन्ड राखिएको छ। यो कम्पनीको अहिलेसम्मको सबैभन्दा किफायती मोडल हो। यसले भारतमा बिक्री हुने जावा ४२ एफजेडसँग आफ्नो मेकानिकल आधार सेयर गर्छ।

हाल बजारमा लोकप्रिय मानिएको रोयल इन्फिल्ड क्लासिक ३५० सँग ब्यान्टम ३५० को सिधा प्रतिस्पर्धा हुनेछ ।

ब्यान्टममा ३३४ सीसी लिक्विड-कुल्ड, सिंगल-सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले २९.१७ पीएस पावर र २९.६२ एनएम टर्क उत्पादन गर्छ। यसमा ब्ल्याक-आउट सिंगल एक्जस्ट, बार-एन्ड मिरर, गोलो एलईडी हेडलाइट र रोड-बायस्ड टायरसहितको अलोय ह्विल जडान गरिएको छ। सो बाइकले रोयल इन्फिल्डको क्लासिक ३५० सँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नेछ।

त्यस्तै, बीएसए स्क्र्याम्बलर ६५० कम्पनीकाे स्क्र्याम्बलर सेग्मेन्टमा पहिलो प्रयास हो। बेलायतमा यसको मूल्य ५ हजार ९९९ पाउन्ड राखिएको छ। यसको डिजाइन र इन्जिन कम्पनीको गोल्ड स्टार मोडलसँग मिल्दोजुल्दो छ।

स्क्र्याम्बलरमा ६५२ सीसी सिंगल-सिलिन्डर लिक्विड-कुल्ड इन्जिन प्रयोग गरिएको छ, जसले ४५ पीएस पावर र ५५ एनएम टर्क प्रदान गर्छ। यसमा टेलिस्कोपिक फोर्क र ट्विन शक सेटअपसहितको अपग्रेड सस्पेन्सन, सिंगल-प्याड इन्स्ट्रयुमेन्ट क्लस्टर, र ट्युबलेस टायरको प्रयोग गरिएको छ।

सो बाइक भारतमा पनि लन्च हुने प्रबल सम्भावना रहेको छ। भारतमा ब्यान्टम ३५० को अनुमानित मूल्य करिब २ लाख २५ हजार भारुदेखि सुरु हुने र स्क्र्याम्बलर ६५० को मूल्य लगभग ३ लाख ४ हजार भारुसम्म हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारहरू

विस्तार भयो अल्ट्राभायोलेट युभी स्पेस पोडको शाखा विस्तार, दुई बाइक हस्तान्तरण

विस्तार भयो अल्ट्राभायोलेट युभी स्पेस पोडको शाखा विस्तार, दुई बाइक हस्तान्तरण

काठमाडौं – नेपालमा अल्ट्राभायोलेट युभी स्पेस पोडले आफ्नो शाखा बिस्तार...

मोटरसाइकल वा स्कुटर ? पहिलो पटक किन्न चाहनेका लागि कुन उपयुक्त ?

मोटरसाइकल वा स्कुटर ? पहिलो पटक किन्न चाहनेका लागि कुन उपयुक्त ?

पहिलो पटक दुई पाङ्ग्रे सवारी साधन किन्न लागेका मानिसहरूका लागि ठूलो...

ट्राफिक प्रहरीको विशेष चेकिङ : ध्वनी प्रदूषण गराउने ५२ मोटरसाइकल नियन्त्रणमा

ट्राफिक प्रहरीको विशेष चेकिङ : ध्वनी प्रदूषण गराउने ५२ मोटरसाइकल नियन्त्रणमा

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ध्वनी प्रदूषण गराउने ५२ वटा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...