भल्वो आइसरको दक्षिण एसियाकै बेस्ट डिस्ट्रिब्युटर बन्यो बतास एमएडब्लु कमर्सियल भेइकल्स

काठमाडौं – नेपालमा भल्वो आइसरका सवारी साधनको आधिकारिक वितरक बतास एमएडब्लु कमर्सियल भेइकल्स भल्वो आइसरको दक्षिण एसियाकै बेस्ट डिस्ट्रिब्युटरको रुपमा सम्मानित भएको छ । मलेसियामा गत जुलाई १६ देखि २० सम्म सम्पन्न इन्टरनेसनल एनुअल डिलर कन्फ्रेन्स २०२५ मा भल्वो आइसर कमर्सियल भेइकल्स (भीईसीभी) ले प्रतिष्ठित ‘ओभरल बेस्ट डिस्ट्रिब्युटर – साउथ एसिया’ द्वारा बतास एमएडब्लु कमर्सियल भेइकल्सलाई सम्मानित गरेको हो ।

भीईसीभीका इन्टरनेसनल डिस्ट्रिब्युटरहरुको उपस्थितिका बिच भीईसीभीका एमडी तथा सीईओ विनोद अग्रवालले एमएडब्लु इन्टरप्राइजेजका भाइस प्रेसिडेन्ट हेमन्त पुराणिक र बतास एमएडब्लुका एमडी शान्ता बतासलाई सो अवार्ड प्रदान गरे ।

विभिन्न क्षेत्रका १० विज्ञहरु सम्मिलित निर्णायकहरुले सेल्स, सर्भिस, ग्रोथ र मार्केट सेयर लगायत विभिन्न आधारमा विजेताहरु छनोट गरेका थिए । भल्वो आइसरका लागि दक्षिण एसिया एक महत्वपूर्ण बजार रहेको र नेपाल समेत त्यसमा संलग्न रहेको बताइएको छ ।

बतास एमएडब्लु कमर्सियल भेइकल्सले भल्वो आइसरका कमर्सियल भेइकल्स बिक्री–वितरण गर्नुका साथै बिक्री पछिको सेवा समेत उपलब्ध गराइरहेको छ । गत एक वर्षको अवधिमा बतास एमएडब्लु कमर्सियल भेइकल्सले लक्ष्यको दोब्बर उपलब्धि हासिल गरेको र नेपालको सर्बाधिक वृद्धि भइरहेको कमर्सियल भेइकल डिस्ट्रिब्युटर बनेको कम्पनीको भनाइ छ ।

नेपालमा भल्वो आइसरका सवारी साधनको राम्रो उपस्थिति छ । नेपालका सबै भेगका लागि उपयुक्त साना, मिडियम र हेभी–ड्युटी सवारी साधन उपलब्ध छन् । कम्पनीले केही समय पहिले नेपाली बजारमा सार्वजनिक गरेको प्रिमियम लक्जरी कोच ‘म्याजेस्टिक’ ले हाल राम्रो चर्चा
पाइरहेको छ ।

आगामी दिनमा नेपालको नम्बर १ कमर्सियल भेइकल ब्रान्ड बनाउनका लागि दृढ संकल्पित रहेको बतास एमएडब्लु कमर्सियल भेइकल्सले बताएको छ ।

सो प्रतिष्ठित अवार्ड ग्रहण गर्दै एमएडब्लु कमर्सियल भेइकल्सका भाइस प्रेसिडेन्ट हेमन्त पुराणिकले सो पुरस्कार टिमको काम गर्ने जोश र प्रतिबद्धता, बोर्डको अविचलित समर्थन र ग्राहकहरुको अपार विश्वासका साथै भीईसीभीसँग अन्य पार्टनरहरुको सशक्त साझेदारीको प्रमाण भएको बताए । उनले भने, ‘यति महत्वपूर्ण क्षेत्रमा उत्कृष्टको रूपमा मान्यता प्राप्त गर्नु गर्वको विषय मात्र होइन, प्रेरणादायक पनि हो ।’ उनले आगामी वर्षहरूमा अझ उच्च स्तरमा पुग्ने अठोटका साथ कार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

सो महत्वपूर्ण उपलब्धिका लागि बतास एमएडब्लु कमर्सियल भेइकल्सले सबै ग्राहक, टिम मेम्बर, बोर्ड र भीईसीभीप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।

सम्बन्धित समाचारहरू

नेपालकै सबैभन्दा ठूलो बस व्यवसायी समितिलाई डेलिभरी गरियो भल्वो आइसरको म्याजेस्टिक

नेपालकै सबैभन्दा ठूलो बस व्यवसायी समितिलाई डेलिभरी गरियो भल्वो आइसरको म्याजेस्टिक

लङ रुट इन्टर–सिटी ट्राभलका लागि उपयुक्त भल्वो आइसरको १२ मिटर च्यासिस...

सामाजिक अभियान संचालन गरेर बतास एमएडब्लूले मनायो तेस्रो वार्षिकोत्सव

सामाजिक अभियान संचालन गरेर बतास एमएडब्लूले मनायो तेस्रो वार्षिकोत्सव

काठमाडौं– बतास अर्गनाइजेशन र एमएडब्लु इन्टरप्राइजेजबीचको संयुक्त...

बतास–एमएडब्लु कमर्सियल भेइकलले इटहरीमा खोल्यो भल्भो–आइसरको अत्याधुनिक थ्रीएस सुविधा

बतास–एमएडब्लु कमर्सियल भेइकलले इटहरीमा खोल्यो भल्भो–आइसरको अत्याधुनिक थ्रीएस सुविधा

इटहरी । भल्भो–आइसरको नेपालका लागि आधिकारिक वितरक बतास–एमएडब्लु कमर्सियल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...