यी तीन अर्थमन्त्री जसले चलाए ईभीको कर, के गर्लान् महतले ?
आर्थिक वर्ष २०७६/७७ मा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले ईभी आयातमा...
काठमाडौं– नेपाली बजारका लागि प्रतीक्षा गरिँदै आएको लिपमोटर बी१० अन्ततः चीनबाट प्रस्थान गरेको छ । लिपमोटरको नेपालका लागि आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रालिले बहुप्रतीक्षित लिपमोटर बी१० चीनबाट औपचारिक रूपमा प्रस्थान गरी नेपाल आउँदै गरेको घोषणा गरेको हो ।
लिपमोटर बी१० पहिलो पटक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) द्वारा आयोजित नेपाल मोबिलिटी एक्सपोमा प्रदर्शन गरिनेछ, जुन आगामी साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ ।
यो साङ्ग्रिला मोटर्सको नेपालमा उन्नत र दिगो विद्युतीय सवारी समाधानहरू ल्याउने यात्रामा महत्वपूर्ण उपलब्धि हो ।
गोल्छा अर्गनाइजेसन अन्तर्गत रहेको साङ्ग्रिला मोटर्स प्रालि सन् २०१७ देखि प्युजो र २०२१ देखि सिट्रोन तथा २०२४ देखि लिपमोटर गाडीहरूको नेपालका लागि एकमात्र आधिकारिक आयातकर्ता रहँदै आएको छ ।
कम्पनीले आफ्ना ग्राहकहरूको बदलिँदो आवश्यकतालाई ध्यानमा राख्दै नवीन, स्टाइलिश र वातावरणमैत्री सवारी साधनहरू उपलब्ध गराउने आफ्नो दृष्टिलाई निरन्तर अघि बढाइरहेको छ ।
साङ्ग्रिला मोटर्स प्रालिका प्रबन्ध निर्देशक जय गोल्छाले लिपमोटर बी१० नेपालमा आउँदैछ भनेर घोषणा गर्न पाउँदा आँफूहरु निकै उत्साहित बनेको बताए ।
‘यो लन्चले नेपाली ग्राहकहरूलाई नवीनतम विद्युतीय मोबिलिटी प्रविधि उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाउनेछ । हामी नाइमा मोबिलिटी एक्सपोमा बी१० को उद्घाटन गर्न उत्सुक छौं र यो गाडीले नेपाली बजारमा ईभी प्रतिको अपेक्षालाई पुनः परिभाषित गर्नेमा विश्वस्त छौं’ उनले भने ।
आर्थिक वर्ष २०७६/७७ मा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले ईभी आयातमा...
लुम्बिनी – लुम्बिनी विकास कोषको अत्याधुनिक विद्युतीय सवारीसाधन पर्यटक...
जर्मन अटो निर्माता फक्सवागनले हाल कारोबार भैरहेको इलेक्ट्रिक ह्याचव्याक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...