नेपालका लागि हिड्यो लिपमोटर बी१०, नाइमा मोबिलिटी एक्सपोमा लन्च हुने

काठमाडौं– नेपाली बजारका लागि प्रतीक्षा गरिँदै आएको लिपमोटर बी१० अन्ततः चीनबाट प्रस्थान गरेको छ । लिपमोटरको नेपालका लागि आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रालिले बहुप्रतीक्षित लिपमोटर बी१० चीनबाट औपचारिक रूपमा प्रस्थान गरी नेपाल आउँदै गरेको घोषणा गरेको हो ।

लिपमोटर बी१० पहिलो पटक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) द्वारा आयोजित नेपाल मोबिलिटी एक्सपोमा प्रदर्शन गरिनेछ, जुन आगामी साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ ।

यो साङ्ग्रिला मोटर्सको नेपालमा उन्नत र दिगो विद्युतीय सवारी समाधानहरू ल्याउने यात्रामा महत्वपूर्ण उपलब्धि हो ।

गोल्छा अर्गनाइजेसन अन्तर्गत रहेको साङ्ग्रिला मोटर्स प्रालि सन् २०१७ देखि प्युजो र २०२१ देखि सिट्रोन तथा २०२४ देखि लिपमोटर गाडीहरूको नेपालका लागि एकमात्र आधिकारिक आयातकर्ता रहँदै आएको छ ।

कम्पनीले आफ्ना ग्राहकहरूको बदलिँदो आवश्यकतालाई ध्यानमा राख्दै नवीन, स्टाइलिश र वातावरणमैत्री सवारी साधनहरू उपलब्ध गराउने आफ्नो दृष्टिलाई निरन्तर अघि बढाइरहेको छ ।

साङ्ग्रिला मोटर्स प्रालिका प्रबन्ध निर्देशक जय गोल्छाले लिपमोटर बी१० नेपालमा आउँदैछ भनेर घोषणा गर्न पाउँदा आँफूहरु निकै उत्साहित बनेको बताए ।

‘यो लन्चले नेपाली ग्राहकहरूलाई नवीनतम विद्युतीय मोबिलिटी प्रविधि उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई अझ बलियो बनाउनेछ । हामी नाइमा मोबिलिटी एक्सपोमा बी१० को उद्घाटन गर्न उत्सुक छौं र यो गाडीले नेपाली बजारमा ईभी प्रतिको अपेक्षालाई पुनः परिभाषित गर्नेमा विश्वस्त छौं’ उनले भने ।

सम्बन्धित समाचारहरू

जेठसम्म ४ हजार १७९ इलेक्ट्रिक बाइक स्कुटर दर्ता

जेठसम्म ४ हजार १७९ इलेक्ट्रिक बाइक स्कुटर दर्ता

काठमाडौं – चालु आर्थिक वर्षको ११ महिनामा ४ हजार २४९ युनिट विद्युतीय स्कुटर...

नयाँ ब्रान्ड सिनोगोल्डको ईभी नेपाल भित्रिदै, मूल्य ३९ लाख

नयाँ ब्रान्ड सिनोगोल्डको ईभी नेपाल भित्रिदै, मूल्य ३९ लाख

काठमाडौं – नेपाली बजारमा नयाँ ब्रान्डको ईभी सेडान भित्रिने भएको छ । नेपाली...

फिलिपिन्स पुग्यो सेरेस ईभी

फिलिपिन्स पुग्यो सेरेस ईभी

फिलिपिन्समा इलेक्ट्रिक भेइकलको नयाँ ब्रान्ड सेरेस पहिलो पटक प्रवेश गरेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...