यस्तो छ चार कम्पनीको सहकार्यमा बनेको अवतार ०६टी, फुल चार्जमा १२५० किलोमिटर रेन्ज
चीनको अग्रणी अटोमोबाइल ब्रान्ड अवतारले आफ्नो नयाँ अत्याधुनिक विद्युतीय...
काठमाडौँ - नेपालमा विद्युतीय सवारीसाधनको विस्तारको क्रममा एक नयाँ इतिहास रच्दै दिगो ग्रुप अफ कम्पनीले पहिलोपटक जुम्लामा डीएफएसके डाँफे विद्युतीय भ्यान पुर्याएको छ। दिगोले एकैपटक ९ वटा डीएफएसके डाँफे विद्युतीय भ्यानहरू हस्तान्तरण गर्दै विद्युतीय सवारीसाधनलाई दुर्गम भूगोलसम्म विस्तार गर्न सफल भएको हो।
जुम्लाका छोटो दूरीका सार्वजनिक रुटहरूमा सञ्चालन गरिने यी डीएफएसके डाँफे विद्युतीय भ्यानहरूले स्थानीय यात्रुहरूलाई स्वच्छ, शान्त र किफायती यातायात सेवा उपलब्ध गराउनेछन्। यस्ता भ्यानको सञ्चालनले डिजेल तथा पेट्रोल जस्ता जीवाश्म इन्धनमा निर्भरता घटाउने विश्वास लिइएको छ। साथै, स्थानीय स्तरमै वायु प्रदूषण न्यूनीकरणमा पनि यसले उल्लेखनीय भूमिका खेल्ने अपेक्षा गरिएको छ।
चार्जिङ पूर्वाधारको सुदृढीकरणका लागि दिगोले जुम्लामै ८० किलोवाट क्षमताको एक फास्ट चार्जर जडान गर्ने तयारी गरिरहेको छ। साथै, जुम्ला बसपार्क, नाग्मा बजार, र नाग्मा–गमगढी सडक खण्डको गोठिज्युला क्षेत्रमा थप चार्जिङ स्टेशनहरू निर्माण गर्ने योजना पनि अघि बढाइएको छ। यी चार्जिङ पूर्वाधारले विद्युतीय भ्यान सञ्चालनमा सहजता ल्याउने विश्वास गरिएको छ।
दिगो ग्रुप अफ कम्पनीजका प्रमुख कार्यकारी अधिकृत सौरब श्रेष्ठले यो उपलब्धिलाई ऐतिहासिक भनी उल्लेख गर्दै भने, ‘जुम्ला जस्तो दुर्गम क्षेत्रमा विद्युतीय भ्यान पुर्याउनु हाम्रो लागि गर्वको कुरा हो। यस उपलब्धिले विद्युतीय सवारीसाधनको क्षमता प्रमाणित गरेको छ र आगामी दिनमा हामीले यसरीनै देशभरि विद्युतीय सवारीसाधनको पहुचलाई विस्तार गरिरहने छौँ।’
दिगोले विद्युतीय सवारी मात्र होइन, सम्पूर्ण इकोसिस्टम निर्माणमा समेत आफूलाई समर्पित बनाएको छ। ‘मिसन जेरो एमिसन’ को उद्देश्यसहित अगाडि बढिरहेको दिगोले देशभर विद्युतीय सवारीसाधनको बिक्री, वितरण, मर्मत सेवा, स्पेयर पार्ट्स आपूर्ति, लिजिङ, चार्जिङ पूर्वाधार निर्माण तथा राजमार्गहरूमा आधुनिक रेस्ट स्टप जस्ता सेवा उपलब्ध गराउँदै आएको छ।
स्वच्छ ऊर्जा र आधुनिक प्रविधिको प्रयोगलाई आत्मसात् गर्दै, दिगोले नेपाललाई स्वच्छ, दिगो र आत्मनिर्भर भविष्यतर्फ डोर्याउने दिशामा निरन्तर प्रयास गरिरहेको छ। जुम्लामा विद्युतीय भ्यान पुर्याउँदै गरिएको यो पहलले दिगोको दृष्टिकोणलाई व्यवहारमा रुपान्तरण गर्दै नेपालको विद्युतीय यात्रामा एक महत्वपूर्ण मोड सिर्जना गरेको बताएकाे छ।
चीनको अग्रणी अटोमोबाइल ब्रान्ड अवतारले आफ्नो नयाँ अत्याधुनिक विद्युतीय...
टीभीएसले इलेक्ट्रिक २ पाङ्ग्रे र ३ पाङ्ग्रे सवारी साधनमा ठूलो लगानी...
काठमाडौं–एलआरआर मोटर्सले सुदूरपश्चिम रोयल्सको मस्कट ‘बड्डाउ’ को जर्सी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...