केटीएम ३९० एडभेन्चर एक्स क्रुज कन्ट्रोलसहित नयाँ भेरिएन्ट लन्च, अब लामो यात्रामा झनै रमाइलो

भारतमा केटीएमले आफ्नो लोकप्रिय एडभेन्चर बाइक केटीएम ३९० एडभेन्चर एक्सको नयाँ भेरिएन्ट लन्च गरेको छ। नयाँ संस्करणमा पहिलेको तुलनामा धेरै एडभान्स सुविधाहरू थपिएका छन्, जसले गर्दा सो बाइक मूल्य वृद्धि पनि भएको छ ।

नयाँ भेरिएन्टमा सबैभन्दा ठूलो अपडेटको रूपमा क्रुज कन्ट्रोल, कर्नरिङ एबीएस र कर्नरिङ ट्र्याक्शन कन्ट्रोल जस्ता एडभान्स इलेक्ट्रोनिक फिचर दिइएको छ । यी सुविधाले बाइकलाई लामो दूरीको यात्राका लागि अझ सहज र सुरक्षित बनाउनेछ ।

पुरानो मोडलमा राइड मोड्सको अभावको गुनासो थियो, तर नयाँ संस्करणमा अब स्ट्रीट, रेन र अफरोड जस्ता तीनवटा राइडिङ मोड दिइएको छ, जसले विभिन्न सडक अवस्थामा राम्रो नियन्त्रण दिन्छ।

बाइकमा नयाँ स्विचगियर पनि थपिएको छ, जसमा क्रुज कन्ट्रोल चलाउन बटन र स्पिड मिलाउन टगल स्विच राखिएको छ। यद्यपि, यसमा अझै पनि नन-एड्जस्टेबल सस्पेन्सन र १९/१७ इन्चको अलोय ह्विल नै दिइएको छ।

नयाँ एडभेन्चर एक्स भेरिएन्ट स्ट्यान्डर्ड मोडलको तुलनामा १२ हजार भारु मूल्य बढेको छ । मूल्यअनुसार सुविधाको हिसाबले हेर्दा सो बाइक एडभेन्चर तथा टुरिङ मन पराउने ग्राहकका लागि अत्यन्तै राम्रो विकल्प बन्न सक्छ।

सम्बन्धित समाचारहरू

नेपाल आउने भयो केटीएम ७९० ड्युक, खुल्यो बुकिङ, मूल्य २३ लाख ९९ हजार

नेपाल आउने भयो केटीएम ७९० ड्युक, खुल्यो बुकिङ, मूल्य २३ लाख ९९ हजार

काठमाडौं – नेपाली बजारमा केटीएम ७९० ड्युक बाइक उपलब्ध हुने भएको छ । २३ लाख...

परीक्षणको क्रममा देखियो २०२५ केटीएम ३९० एड्भेन्चर बाइक

परीक्षणको क्रममा देखियो २०२५ केटीएम ३९० एड्भेन्चर बाइक

भारतीय सडकमा २०२५ केटीएम ३९० एड्भेन्चर बाइक परीक्षणको क्रममा देखिएको छ,...

केटिएम बाइक किन्दा उपहारमा विशेष राइडिङ ज्याकेट

केटिएम बाइक किन्दा उपहारमा विशेष राइडिङ ज्याकेट

काठमाडौं– केटिएम मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...