रेन्ज रोभर एसयूभीमा अब नयाँ लोगो, ५५ वर्षपछि जेएलआरले किन गर्दैछ नयाँ प्रयोग ?

ब्रिटिश लक्जरी कार निर्माता ज्यागुअर ल्यान्ड रोभर(जेएलआर)ले आफ्नो रेन्ज रोभर ब्रान्डको लागि एकदमै नयाँ लोगो सार्बजनिक गरेको छ । लक्जरी एसयूभी मार्कको पहिलो इलेक्ट्रिक मोडल लन्च गर्ने तयारीमा रहेको बेला नयाँ लोगो सार्वजनिक गरिएको हो ।

नयाँ लोगोमा ब्रान्डको ट्रेडमार्क मिनिमलिस्टका साथ फराकिलो फन्टमा आरएस अक्षरको जोडी देख्न सकिन्छ । नयाँ लोगोलाई कम्पनीले सन् १९७० मा पहिलोपटक रेन्ज रोभर लन्च गरेपछि परिवर्तन गरेको हो ।

कम्पनीको हाउस अफ ब्रान्ड्स रणनीतिको एक भागको रूपमा, रेन्ज रोभरलाई ज्यागुअर, डिस्कभरी र डिफेन्डरसँगै चार उप–ब्रान्डमा विभाजन गरिएको छ । यी प्रत्येकको आफ्नै बेस्पोक ब्रान्डिङ, स्थिति र मार्केटिङ रणनीतिहरू छन् ।

सो रणनीतिको एक भागको रूपमा, ल्यान्ड रोभर नामले ‘ट्रष्ट मार्क’ को रूपमा नयाँ भूमिका निर्बाह गर्ने कम्पनीको भनाइ छ । नयाँ लोगोलाई ज्यागुअर ल्यान्ड रोभरको एसयूभीमा ड्राइभट्रेन र प्रविधिको सन्दर्भमा प्रयोग गरिएपनि यसलाई प्रमुख मार्कका रूपमा प्रस्तुत नगरिने प्रष्ट पारिएको छ ।

ल्यान्ड रोभर जेआरएलको सञ्चालनको अभिन्न अंग रहने र यसको नाम कारहरूमा देखिने कम्पनीका सीईओ एड्रियन मार्डेलले बताएका छन् ।

नयाँ लोगो कहाँ प्रयोग गरिनेछ भन्ने कुरा स्पष्ट नभएपनि यसलाई रेन्ज रोभरको ग्रिल र भित्री अपहोल्स्ट्रीमा चित्रित गरिने अनुमान गरिएको छ । ताकि यसलाई अन्य ल्यान्ड रोभर मोडलहरूबाट छुट्याउन सकियोस ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...