राइडरहरूलाई इलेक्ट्रिक स्कुटर वितरण, विशेष फ्रि अफर समेत

ललितपुर - नेपालमै पहिलो पटक सुरु गरिएको ऐतिहासिक स्वरोजगार योजनाअन्तर्गत आज ललितपुरको भैसेपाटीमा राइडरहरूलाई इलेक्ट्रिक स्कुटर (ईभी) वितरण गरिएको छ। ‘तपाईको बजार’, ‘ई-ड्राइभ नेपाल’ र ‘परिमिता ग्रुप’को संयुक्त सहकार्यमा अघि बढाइएको योजनाको पहिलो चरणमा राइडरहरूलाई विशेष 'फ्रि अफर' पनि प्रदान गरिएको छ।

अवकाश प्राप्त मेजर जेनेरल सुरेश कुमार कार्की, अवकाश प्राप्त एआइजी जनक भट्टराई, ई-ड्राइभ नेपालका अध्यक्ष राजेश मास्के र याङगाे नेपालका प्रमुख सन्तोष पाण्डेले संयुक्त रूपमा रिबन काटेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

आज आयोजित कार्यक्रममा सहभागी राइडरहरूलाई आजको दिन भाडा नलाग्ने विशेष फ्रि अफर दिइएको हो। उनीहरूले ईभी स्कुटर प्राप्त गर्दै सुरुवातमै खर्च बिना काम गर्न पाउने अवसर पाएका छन्, जसले उनीहरूमा हौसला थपेको देखिएको छ।

ई-ड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले भने, "आज हामीले पहिलो चरणमा इच्छुक र योग्य राइडरहरूलाई ईभी स्कुटर वितरण गरिसकेका छौं। उनीहरूलाई सुरुवातको लागि फ्रि अफर प्रदान गरिएको छ, जसले उनीहरूलाई रोजगारी सुरु गर्न सहज बनाउनेछ।"

ई-ड्राइभ नेपालका मुख्य कार्यकारी अधिकृत सबिन भट्टराईले भने, "राइडरले आजबाटै स्कुटर चलाएर आम्दानी सुरु गर्न सक्छन्। फ्रि अफरले उनीहरूमा थप ऊर्जा र आत्मविश्वास पैदा गरेको छ।"

'तपाईको बजार' का संचालक सुशील सङ्ग्राैलाले भने, "ईभी वितरणको यो क्षण हाम्रो लागि गौरवको हो। यो केवल साधनको वितरण होइन, यो नेपाली युवाको भविष्यमा गरिएको लगानी हो।"

कार्यक्रममा सहभागी राइडर दिपक थापाले आफ्नो अनुभव सुनाउँदै भने, "मैले पहिले सेकेन्डहेन्ड स्कुटर चलाउँथें, धेरै मर्मत खर्च हुन्थ्यो। अहिले यो योजना मार्फत नयाँ ईभी स्कुटर पाएँ। आम्दानी पनि बढेको छ, आत्मविश्वास पनि।"

यस योजनाले विदेशी इन्धनको खर्च घटाउने, नेपालमै उत्पादित विद्युतको उपयोग बढाउने, र स्वदेशी प्रविधिको प्रवर्द्धन मार्फत हरित यातायात प्रणालीको विकासतर्फ एक महत्वपूर्ण पाइला चालेको आयोजक संस्थाहरूको विश्वास छ। साथै, यसले नेपाली युवालाई स्वदेशमै आत्मनिर्भर बन्न प्रेरणा दिने लक्ष्य लिएको छ।

सम्बन्धित समाचारहरू

कोमेटमा आधारित नयाँ मिनी ईभी ल्याउँदै एमजी, इलेक्ट्रिक केयूभी १०० संग प्रतिस्पर्धा हुने

कोमेटमा आधारित नयाँ मिनी ईभी ल्याउँदै एमजी, इलेक्ट्रिक केयूभी १०० संग प्रतिस्पर्धा हुने

एमजी मोटर इन्डियाले कोमेटमा आधारित अर्को नयाँ इलेक्ट्रिक माइक्रो एसयूभी...

एमजी र नेटा भीको नयाँ मूल्यले नेक्सन ईभीको मूल्य स्थिर राख्न दवाव

एमजी र नेटा भीको नयाँ मूल्यले नेक्सन ईभीको मूल्य स्थिर राख्न दवाव

आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले इलेक्ट्रिक कारको करमा फेरवदल...

साउदी अरबबाट आइएमईमार्फत पैसा पठाउँदा बीवाईडी एट्टो १ ईभी जित्ने अवसर

साउदी अरबबाट आइएमईमार्फत पैसा पठाउँदा बीवाईडी एट्टो १ ईभी जित्ने अवसर

काठमाडौं – आइएमई लिमिटेडले डिजिटल वालेट ‘टिक्मो’ मार्फत ‘आइएमई गरौं,...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...