चागंनले ल्यायो टायर फुटे पनि नियन्त्रणमै रहने नयाँ विद्युतीय एसयूभी
चिनियाँ अटोमोबाइल कम्पनी चांगनले आफ्नो नेभो ब्रान्ड अन्तर्गत नयाँ...
काठमाडौं–चिनियाँ ईभी ब्रान्ड एलएस अटोले आफ्नो पहिलो मोडल ‘एलईभी–०१ को अल ह्वील ड्राइभ मोडल तयार पारेको छ । एलईभी–एक्स नाममा नेपाली बजारमा आउने तयारीमा रहेको यस ईभीलाई आगामी नाईमा नेपाल मोविलिटी एक्सपोमा लन्च गरिने एलएस अटोको नेपालका लागि आधिकारिक वितरक नेक्सन भेन्चर प्रालिले बताएको छ
नयाँ अल ह्वील ड्राइभ मोडल अहिले बजारमा रहेको एलईभी–०१ कै बडी डिजाइनमा आउने छ । बाहिरबाट हेर्दा उस्तै देखिएपनि भित्री फिचर भने फरक हुने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार एलईभी–एक्समा फ्रन्ट र रियरमा गरी १९८ किलोवाटको ड्यूल मोटर सेटअप रहेको छ । साथै, ब्याट्री पनि १० किलोवाट आवर बढी क्षमताको प्रयोग भएको छ । एलईभी–०१ मा ६७ किलोवाट आवरको ब्याट्री रहेकोमा एक्स मोडलमा ७७ किलोवाट अवारको ब्याट्री रहेको छ ।
एलईभी–एक्सको इन्टेरियरमा पनि केही परिवर्तन गरिएको कम्पनीले जानकारी दियो । कम्पनीका अनुसार नयाँ अलह्वील ड्राइभ ईभीमा एसी भेन्ट र इन्टेरियर डिजाइन अपडेट भएको हो । सेग्मेन्टमै धेरै २१० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स भएको एलईभी एक्समा अल ह्वील ड्राइभ फिचर थप भएको कारण अफरोडमा ढुक्कसँग चलाउन सकिने कम्पनीको भनाइ छ ।
नेक्सन भेन्चरले नाइमा अटो शोमा एलईभी एक्सको साथ अर्को नयाँ प्रिमियम ईभी एलईभी ०५ समेत लन्च गर्ने योजना बनाएको छ ।
चिनियाँ अटोमोबाइल कम्पनी चांगनले आफ्नो नेभो ब्रान्ड अन्तर्गत नयाँ...
नेपालमा पहिलो पटक व्यावसायिक विद्युतीय गाडी भाडामा पाइने भएको छ । दिगो...
काठमाडौं – नेपाली बजारमा ५ सय युनिट भन्दा बढी टाटाको इलेक्ट्रिक कार नेक्सन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...