उत्कृष्ट माइलेज र बलियो सुरक्षाका साथ २०२५ सुजुकी अल्टो फेसलिफ्ट

सुजुकीले जापानी बजारमा २०२५ को लागि अल्टोको नयाँ फेसलिफ्ट संस्करण पेश गरेको छ। सानो कारको केई कार श्रेणीमा पर्ने सो नयाँ अल्टो भारत वा नेपालमा पाइने अल्टोभन्दा पूर्ण रूपमा फरक छ ।

नवौं पुस्ताको सो मोडल पहिले २०२१ मा लन्च भएको थियो । त्यसकै फेसलिफ्ट संस्करणमा कम्पनीले फ्रन्ट ग्रिल, बम्पर र एयर इन्टेक जस्ता कस्मेटिक परिवर्तन गरेको छ । पछाडिको भागमा रूफ स्पोइलर थपिएको छ, जसले डिजाइनमा स्पोर्टी स्पर्श ल्याएको छ।

कारको एयरोडायनामिक्स सुधारिएको कारण यसको माइलेजमा पनि सुधार आएको छ। यसमा रहेको ६६० सीसी ३-सिलिन्डर इन्जिन नेचुरली एस्पिरेटेड र माइल्ड-हाइब्रिड दुबै विकल्पमा उपलब्ध छ। हाइब्रिड संस्करणले प्रति लिटर २८.२ किलोमिटर माइलेज दिन्छ ।

यसमा ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम समावेश गरिएको छ । यसको हाइब्रिड संस्करणमा लेदर स्टेयरिङ ह्विल, क्रोम डोर ह्यान्डल र स्टिल ह्विल समावेश छ । साथै सेफ्टीका लागि कार अब एडास प्रविधिसहित आएको छ। यसमा ड्युअल सेन्सर ब्रेक सपोर्ट आईआई, लेन डिपार्चर प्रिभेन्सन र ट्राफिक लाइट डिपार्चर नोटिफिकेशन जस्ता फिचर उपलब्ध छ ।

यसको मूल्य जापानी बजारमा ११ लाख ४२ हजार ९०० येन बाट सुरु हुन्छ भने शीर्ष संस्करण १६ लाख ३९ हजार येन पर्छ।

सम्बन्धित समाचारहरू

ई–भिटाराको ब्याट्रीमा सुजुकीले १० वर्षको वारेन्टी दिने

ई–भिटाराको ब्याट्रीमा सुजुकीले १० वर्षको वारेन्टी दिने

सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक एसयूभी ई–भिटारामा १० वर्षको ब्याट्री...

१२५ सीसी स्कुटर सेग्मेन्टमा नयाँ प्रतिस्पर्धा थप्दै सुजुकीले ल्यायो बर्गम्यान स्ट्रिटको नयाँ मोडल

१२५ सीसी स्कुटर सेग्मेन्टमा नयाँ प्रतिस्पर्धा थप्दै सुजुकीले ल्यायो बर्गम्यान स्ट्रिटको नयाँ मोडल

सुजुकी मोटरसाइकल इन्डियाले भारत र हाल नेपालमा समेत बलियो बन्दै गएको १२५...

दशैमा कुन कार किन्ने ? यस्ता छन् विभिन्न ब्रान्डका कारमा उपलब्ध छुट र अफर

दशैमा कुन कार किन्ने ? यस्ता छन् विभिन्न ब्रान्डका कारमा उपलब्ध छुट र अफर

नेपालीहरुको महान चाड दशै प्रारम्भ भएको छ । फेस्टिभ सिजनको समयमा विभिन्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...