टेस्ला मोडल वाई अपडेट, अटाे सिफ्टमा थप सुविधा उपलब्ध
टेस्लाले लोकप्रिय इलेक्ट्रिक एसयूभी मोडल वाईमा सफ्टवेयर अपडेट गरेको छ ।...
विश्वका सबैभन्दा चर्चित उद्यमी एलन मस्कको कम्पनी टेस्लाले अमेरिकी शहर अस्टिनमा बिना चालक चल्ने इलेक्ट्रिक ट्याक्सी ‘रोबोट्याक्सी’ सेवा सुरु गरेको छ। जुन २२ मा सार्वजनिक रूपमा लन्च गरिएको सो सेवा हाल केही सीमित प्रयोगकर्ताको लागि मात्र उपलब्ध छ।
रोबोट्याक्सीको एक पटकको सवारी भाडा ४.२० डलर तोकिएको छ। टेस्लाको सो प्रोजेक्ट विगत १० वर्षको निरन्तर अनुसन्धान र परिश्रमको नतिजा हो । मस्कले सामाजिक सञ्जाल 'एक्स' मा लेख्दै भनेका छन्, “टेस्ला एआईको सफ्टवेयर र चिप डिजाइन टोलीलाई बधाई छ। यो दस वर्षको कठोर प्रयासको परिणाम हो।”
टेस्लाको सो रोबोट्याक्सी मोडल वाईमा आधारित छ। यसलाई विशेष रूपमा अद्यावधिक गरी सीमित ‘जियोफेन्स्ड’ क्षेत्रमा मात्र सञ्चालन गरिएको छ। सुरक्षाका लागि हरेक गाडीमा एक कर्मचारी पनि उपस्थित रहनेछन्, जसले आपतकालीन अवस्थामा हस्तक्षेप गर्न सक्नेछन्। हालको लागि २० वटा सवारी बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालनमा छन्।
सो सेवा प्रयोगका लागि ‘टेस्ला रोबोट्याक्सी’ नामक एपमार्फत सवारी बुक गर्न सकिन्छ। प्रयोगकर्ताले एप डाउनलोड गरेर आफ्नो गन्तव्य चयन गर्न सक्छन्। यात्रा सुरु गर्न एपमा ‘स्टार्ट’ बटन थिच्नुपर्नेछ। यात्राका क्रममा पनि गन्तव्य परिवर्तन गर्न सकिने सुविधा रहेको छ।
टेस्लाको सो सेवा यति बेला गुगलको मूल कम्पनी अल्फाबेटको स्वामित्वमा रहेको ‘वायमो’ सँग प्रतिस्पर्धामा छ। वायमोले यसअघि नै सान फ्रान्सिस्को, लस एन्जलस, फिनिक्स र अस्टिनमा १,५०० भन्दा बढी अटोमेटिक गाडी सञ्चालनमा ल्याइसकेको छ।
टेस्लाले आगामी दिनमा दुई विशेष प्रोजेक्ट साइबरक्याब र रोबोभ्यान पनि सार्वजनिक गर्ने तयारी गरिरहेको छ । साइबरक्याबमा स्टेयरिङ र पेडल भने हुने छैन । त्यस्तै, रोबोभ्यानले २० जना यात्रु वा ठूला सामग्री बोक्न सक्ने क्षमताको हुनेछ ।
टेस्लाले लोकप्रिय इलेक्ट्रिक एसयूभी मोडल वाईमा सफ्टवेयर अपडेट गरेको छ ।...
टेस्लाले अब बालबालिकाका लागि पनि अत्याधुनिक र आकर्षक इलेक्ट्रिक सवारी...
टेस्लाका प्रमुख एलन मस्कलाई कम्पनीका शेयरधनीहरूले करिब १ ट्रिलियन डलर (१०...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...