बिक्री पछिको सेवामा मारुती सुजुकीले वनायो नयाँ रेकर्ड

मारुती सुजुकीले बिक्री पछिको सेवामा नयाँ माइलस्टोन हाँसिल गरेको छ । कम्पनीले एकै महिनामा २४ लाख ५० हजारभन्दा बढी सवारी साधनको सर्भिसिङ गरेर नयाँ रेकर्ड बनाएको हो ।

मारुती सुजुकीको इतिहासमा यो पहिलो पटक भएको कम्पनिका सिईओ हिसाशी ताकेउचीले बताए । ‘हामीले एक महिनामा २४ लाख ५० हजारभन्दा बढी सवारी साधनको मर्मत सम्भार र सर्भिसिङ गर्यौ, जसले सेवा सञ्जालको स्केल, गहिराइ र दक्षता झल्काउँछ’ उनले भने ।

मारुती सुजुकीसँग भारतभर ५ हजार ४०० भन्दा बढी सर्भिस टच पोइन्टको विशाल नेटवर्क छ । कम्पनीले आर्थिक वर्ष २०३०/३१ सम्ममा आफ्नो सर्भिस नेटवर्कलाई ८ हजार टच पोइन्टमा विस्तार गर्ने लक्ष्य राखेको छ ।

भारतमा आफ्नो पहिलो विद्युतीय एसयुभी ई भिटारा लन्च गर्ने तयारी गरिरहेको कम्पनीले यसको सुरुवात अघि नै १ हजार वढी शहरमा १ हजार ५०० वटा ईभी डेडिकेटेड सर्भिस सेन्टर तयार गर्दैछ ।

सम्बन्धित समाचारहरू

अझै स्पष्ट देखियो सुजुकीको नयाँ सेलेरियो, यही महिना लन्च हुने

अझै स्पष्ट देखियो सुजुकीको नयाँ सेलेरियो, यही महिना लन्च हुने

मारुती सुजुकीले यही महिना भारतीय बजारमा नयाँ सुजुकी सेलेरियो सार्वजनिक...

डेब्यु पहिले थोरै झलक देखियो मारुती सुजुकी ग्रान्ड भिटारा एसयूभी

डेब्यु पहिले थोरै झलक देखियो मारुती सुजुकी ग्रान्ड भिटारा एसयूभी

मारुती सुजुकी ग्रान्ड भिटारा मिडसाइज एसयूभी जुलाई २० मा लन्च हुने भएको छ ।...

सुजुकीले स्विफ्टमा आधारित सानो एसयूभी ल्याउने

सुजुकीले स्विफ्टमा आधारित सानो एसयूभी ल्याउने

सुजुकीले स्विफ्ट ह्याचब्याक कारको नयाँ जेनेरेसन मोडल तयार गर्दैछ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...