जनवरी १, २०२६ देखी सबै मोटरसाइकल र स्कुटरमा एबिएस अनिबार्य गरिने

भारतमा अवको ६ महिनपछि अर्थात जनवरी १, २०२६ बाट सबै दुई पाङ्ग्रे सवरीमा एबिएस अनिबार्य गर्न लागिएको छ । भारत सरकारले नयाँ सुरक्षा नियम प्रस्ताव गर्दै सबै दुई पाङ्ग्रे सवारी साधनमा एन्टी–लक ब्रेकिङ सिस्टम (एबिएस) जडान गर्नुपर्ने व्यवस्था गरेको हो ।

भारतमा हाल १५० सीसीभन्दा माथिका मोटरसाइकल र स्कुटरमा एविएस अनिबार्य गरिएको छ । नयाँ नियमसँगै, ईन्ट्रि लेभल भेरियन्टसहित सबै दुई पाङ्ग्रे सवारी साधनमा यो सुरक्षा सुविधा हुनु आवश्यक हुनेछ । एबिएस थपिएका मोटरसाइकल र स्कुटरको मूल्य ५ हजार भारुसम्मले बृद्धि हुने अनुमान गरिएको छ ।

सो नयाँ व्यवस्थाले सबैभन्दा बढि मार इन्ट्रि लेभल भेरिएन्टमा पार्ने बताइएको छ । भारतमा यस्ता सवारी साधनको बजार हिस्सा ७५ प्रतिशत हाराहारी रहेको छ । एक रिपोर्ट अनुसार, आर्थिक वर्ष २०२५ मा, ७५ सीसी देखि १२५ सीसी मोडेलले कुल बिक्रीको दुई तिहाइ हिस्सा ओगटेका थिए ।

भारतमा हुने कुल सवारी दुर्घटामा ४४ प्रतिशत हिस्सा दुई पाङ्ग्रे सवारीसाधनले ओगट्ने विभिन्न अध्यानहरुले देखाएको छ । । सेफ्टि फिचरलाई थप मजवुत बनाएर दुर्घटना कम गर्न त्यहाँको सडक यातायात तथा राजमार्ग मन्त्रालयले सबै मोटरसाइकल र स्कुटरमा एबिएस अनिबार्य गर्न लागेको हो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...