विश्वभर ३० लाख बढी सजुकी जिम्नी बिक्री, आयो ५५ औँ एनिभर्सरी एडिसन

सुजुकीले जिम्नीको ५५ औँ एनिभर्सरी एडिसन सार्वजनिक गरेको छ । आफ्नो प्रतिष्ठित अफरोडरले विगत ५५ वर्षमा विश्वभर ३० लाखभन्दा बढी युनिटहरु बिक्री गरेको सम्झनामा सुजुकीले जिम्नीको नयाँ एनिभर्सरी एडिसन लन्च गरेको हो ।

जिम्नीको सो नयाँ एडिसन केवल ५५ युनिटमात्र उत्नपादन हुने र तिनलाई फ्रान्सेली बजारमा मात्रै बिक्री गर्ने जनाइएको छ । सुजुकीले यो सानो एसयूभी स्वानसोङका लागि भएको बताएको छ, जसलाई फ्रान्सेली बजारमा यसअघि नै बन्द गरिएको थियो ।

नयाँ एडिसनमा सुजुकीले रेट्रो डिजाइन ग्रिल, रेट्रो डिजाइन साइड स्टिकर र १९८० को दशकदेखि जिम्नीसँग सम्बन्धित प्रसिद्ध शैलीकृत गैंडाको विशेषता रहेको नरम राइनो स्पेयर व्हिल कभर जस्ता अतिरिक्त फिचर थप गरेको छ ।

साथै, यसको प्योसन्जर कम्पार्टमेन्ट र ट्रंकको भुंईमा रवर म्याट, सुजुकी फोर वाई फोरको सम्झाना स्वरुप इम्बोस्ड गरिएको लेदर कभर र मिल्दो कि रिङ लगायत सबिधा दिइएको छ ।

५५ औँ एनिभर्सरी सुजुकी जिम्नीमा ५–स्पिड म्यानुअल गियरबक्सको साथ १.५ लिटर पेट्रोल इन्जिन जडान गरिएको छ ।

सन् १९७० देखि बिक्री हुँदै आएको जिम्नीको हालसम्म ४ वटा जेनेरेसन आइसकेको छ भने हालको जेनेरेसन मोडल २०१८ देखि बिक्रीमा छ । भारतीय बजारमा यसको ५–डोर भर्सन बिक्री हुँदै आएको छ भने सोही भर्सन हाल नेपाली बजारमा समेत उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

मारुतीले थप्यो इको भ्यानमा एयर ब्याग, अब डुअल एयर ब्याग सहित आउने

मारुतीले थप्यो इको भ्यानमा एयर ब्याग, अब डुअल एयर ब्याग सहित आउने

मारुतीले आफ्नो लोकप्रिय भ्यान इकोमा सेफ्टि फिचर्स थप गरेको छ । यसअघि...

बन्द हुने भयो मारुतीको सेडान कार ‘सियाज’, यस्तो छ कारण

बन्द हुने भयो मारुतीको सेडान कार ‘सियाज’, यस्तो छ कारण

मारुती सुजुकीले आफ्नो मिड साइज सेगमेन्टको सेडान कार ‘सियाज’को उत्पादन...

मारुती सुजुकी डिजायर भारतको नम्बर १ रोजाइमा, ३० लाख बिक्रीको कीर्तिमान

मारुती सुजुकी डिजायर भारतको नम्बर १ रोजाइमा, ३० लाख बिक्रीको कीर्तिमान

मारुती सुजुकीको लोकप्रिय कम्प्याक्ट सेडान डिजायरले भारतमा ३० लाख युनिट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...