दुम्कीवास-दाउन्ने सडक अवरुद्ध, यी वैकल्पिक रुट प्रयाेग गर्न आग्रह

काठमाडौं - पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्कीवास-दाउन्ने खण्डमा सवारी आवागमन प्रभावित भएको छ ।

विनयी खोलामा बनाइएको डाइभर्सनमा बाढीले क्षति पुर्‍याउँदा सडक प्रभावित भई यातायात आवागमनमा समस्या देखिएको हो ।

डाइभर्सनमा क्षति भएका कारण उक्त सडकखण्डको विश्वकर्मा मन्दिर, घ्यूखोलालगायतका स्थानमा सडक चिप्लो भई सवारी साधन फस्ने र चिप्लिने गरेको प्रहरीले जनाएको छ ।

सडक बिग्रिएकोले जाम र दुर्घटनाको जोखिम भएकोले वैकल्पिक रुटको प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले आग्रह गरेको छ

पहिलो रुट –पूर्वबाट पश्चिम जाने सवारी साधनले नारायणगढ-मुग्लिन-पोखरा-स्याङ्जा-बुटवल हुँदै जाने

दोस्रो रुट – काठमाडौंबाट पश्चिम जाने सवारी साधनले मुग्लिन-पोखरा-स्याङ्जा-बुटवल हुँदै गन्तव्यमा जाने

तेस्रो रुट- पश्चिमबाट पूर्व जाने सवारी साधनले बुटवल-स्याङ्जा-पोखरा-मुग्लिन हुँदै जाने

चौथो रुट-  साना सवारी साधन भने अवस्था बुझेर कालीगण्डकी करिडोर अन्तर्गत गैँडाकोट-पिपलडाँडा सडकबाट सञ्चालन गर्न सकिनेछ ।

सम्बन्धित समाचारहरू

ग्वार्को फ्लाइओभरको काम अन्तिम चरणमा

ग्वार्को फ्लाइओभरको काम अन्तिम चरणमा

काठमाडौं – ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा...

सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति

सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति

मुस्ताङ । उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्याएको क्षतिको प्रारम्भिक...

दुई वर्षमा २५ लाख इम्बोस्ड नम्बर प्लेट जडान गरिने, पहिले नै गेट राखिने

दुई वर्षमा २५ लाख इम्बोस्ड नम्बर प्लेट जडान गरिने, पहिले नै गेट राखिने

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले करिव दुई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...