नक्कली महानगर यातायात देखि सावधान हुन सक्कली महानगर यातायातको अनुरोध

काठमाडौं – महानगर यातायात प्रालिको नाम, रंग र डिजाइन समेत नक्कल गरी सोही आकार प्रकारको बस यात्रु झुक्याउने गरी सोही रुटमा चलेको भन्दै सक्कली महानगर यातायात प्रालिले आपत्ति जनाएको छ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगर यातायात प्रालिले आपत्ति जनाएको हो। एक विज्ञप्ति समेत जारी गर्दै महानगर यातायात प्रालिले उस्तै नाममा रंग रोगन गर्दै बसले यात्रु झुक्याउने र नक्कली महानगर यातायातले पैदल यात्रीलाई ठक्कर दिएर भागेपछि पीडितहरुले प्रहरीमा खवर गरी महानगर यातायातको कार्यालय पुग्ने गरेको उल्लेख छ।

यात्रु झुक्याउने गरी एउटै नाम र रंगका बस सोही रुटमा चलिरहँदा सञ्चालकले मात्रै होइन यात्रुहरुले समेत विविध समस्या झेलिरहेको महानगर यातायात प्रालिका अध्यक्ष सन्तोष खतिवडाले बताए । यसबारे पटक पटक सम्वन्धित निकायहरुको ध्यानाकर्षण गराउँदा पनि कुनै कारवाही नभएको र यस्तो अवस्थामा महानगर यातायात प्रालिले अनावश्यक झन्झट ब्यहोर्नुका साथै कयौं पटक त केही वसहरुको नियमित सेवा समेत रोकिने गरेको उनीहरुको भनाइ छ।

यसबापत यात्रुहरुले पाएको दुख र कम्पनीलाई भएको आर्थिक घाटाको त कुनै लेखाजोखा नरहेको महानगरका यातायात व्यवसायीहरुको भनाइ छ। अनुसन्धान पछि यथार्थ पत्ता लाग्दा पनि दुर्घटना गराउने गाडी चिन्न नसक्दा पीडितले न्याय पाउन नसकेको महानगर यातायात गुनासो रहेको छ।

यसबारे बारम्बार प्रहरी प्रशासन, यातायात कार्यालय, यातायात विभाग लगायतका निकायमा निवेदन दिँदापनि समस्या समाधानको लागि कुनै पहल नगरेको महानगर यातायातको भनाइ छ ।

व्यवसायीहरुले भने, ‘समस्या सुरु भएसँगै समाधानको लागि पटक पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएका छौं । प्रहरी प्रशासन, यातायात कार्यालय, यातायात विभाग लगायतका निकायमा निवेदन नै दिएर कारवाहीको लागि अनुरोध पनि धेरै पटक गरिसक्यौं । तर समस्या समाधानको लागि कुनै पहल नै हुन सकेन । यातायात विभागले चार बर्ष अघि केही त्यस्ता नक्कली गाडीहरु समातेर सचेत गराए पनि त्यो औपचारिकतामै सीमित बनिरहेको छ ।’

अरु भन्दा फरक देखियोस् र यात्रुहरुले सजिलै चिन्न सकुन भनेर आफ्नै रंग र डिजाइनमा सेवा सुरु गरेको र हाल काठमाडौंका विभिन्न रुटहरुमा ८९ यसले यात्रुहरुलाई सेवा दिइरहेका र यो संख्या बढाउँदै लैजाने तयारी भैरहेको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

२ घण्टा सम्म पार्किङ गर्दा शुल्क नलाग्ने, पार्किङ वा बहुतल्ले भवनमा १० वर्ष सम्पत्ति कर छुट

२ घण्टा सम्म पार्किङ गर्दा शुल्क नलाग्ने, पार्किङ वा बहुतल्ले भवनमा १० वर्ष सम्पत्ति कर छुट

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विभिन्न स्थानमा सञ्चालन गरिने...

नारायणगढ–गैँडाकोट केबल–स्टेड ‘आइकोनिक पुल’ निर्माणले लियो गति

नारायणगढ–गैँडाकोट केबल–स्टेड ‘आइकोनिक पुल’ निर्माणले लियो गति

चितवन – नारायणगढ र गैँडाकोट जोड्ने नारायणी नदीमाथि आधुनिक प्रविधियुक्त...

नागढुङ्गा सुरुङमार्गको टोल शुल्क निर्धारण, कुन सवारी साधनलाई कति ?

नागढुङ्गा सुरुङमार्गको टोल शुल्क निर्धारण, कुन सवारी साधनलाई कति ?

काठमाडौँ–सरकारले नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...