बेलुका ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने
काठमाडौँ – पृथ्वी राजमार्गस्थित धादिङको गलौँदी क्षेत्रमा सडक मर्मत...
काठमाडाैं - देशका विभिन्न भागमा भारी वर्षाका कारण आएकाे बाढीपहिरोले केही प्रमुख राजमार्गहरूमा अझै पनि अवरोध रहेको नेपाल प्रहरीले जनाएकाे छ । यात्रुहरूलाई यात्रा गर्नुअघि सडकको अवस्थाबारे पूर्ण जानकारी लिन र विशेष सावधानी अपनाउन आग्रह पनि गरिएकाे छ ।
काठमाडौं उपत्यका:
ललितपुर: बागमती गाउँपालिका वडा नं. ०३ छपेलीस्थित कान्तिलोक पथ सडक पहिरोले गर्दा पूर्ण रूपमा अवरुद्ध छ।
कोशी प्रदेश
धनकुटा: साँगुरीगढी नगरपालिका वडा नं. ५, रवि डाँडा भेडेटार सडक पहिरोका कारण एकतर्फी रूपमा सञ्चालन मा रहेको छ।
बागमती प्रदेश
सिन्धुपाल्चोक: भोटेकोशी गाउँपालिकाका वडा नं. २ कोदारी, वडा नं. ३ लाचोक र वडा नं. २ कोपलाङमा अरनिको राजमार्ग पहिरोले गर्दा पूर्ण रूपमा अवरुद्ध भएको छ।
गण्डकी प्रदेश
नवलपरासी (बर्दघाट सुस्ता पूर्व): बिनयी त्रिवेणी गाउँपालिका वडा नं. ५, बिनयी पाल्पा खोला नजिक पूर्व-पश्चिम राजमार्ग बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ।
लुम्बिनी प्रदेश
गुल्मी: कालिगण्डकी गाउँपालिका वडा नं. ६, बर्लेवास्थित कालिगण्डकी करिडोर पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ।
कर्णाली प्रदेश
जुम्ला: सिन्जा गाउँपालिका वडा नं. २, लुलेगाउँस्थित जुम्ला मुगु सडक खण्ड पहिरोले गर्दा एकतर्फी रूपमा सञ्चालन मा छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...