निसान टेक्टनको निर्यात सुरु, नेपाल, भुटान र दक्षिण अफ्रिका पठाइयो पहिलो ब्याच
काठमाडौं–निसानले भारतमा निर्मित आफ्नो नयाँ एसयूभी ‘टेक्टन’ को...
जापनिज ब्राण्ड निसानले डोङफेङसँग मिलेर तयार पारेको विद्युतिय सेडान कार एन–७ ले बिक्री सुरु भएको ५० दिनमै २० हजार युनिट अर्डर प्राप्त गरेको छ । गत अप्रिल २७ मा लन्च भएको एन७ को सुरुवाती मूल्य चीनमा १४ हजार डलर निर्धारण गरिएको छ ।
निसान एन७ मा ५८ र ७३ किलोवाट आवर क्षमताको व्याट्रि प्याक तथा १६० किलोवाट र २०० किलोवाट क्षमताको मोटरसहित दुईवटा पावरट्रेनको विकल्प दिइएको छ । यस ईभीले सिंगल चार्जमा ३१० देखी ६३५ किलोमिटरसम्मको रेन्ज दिने दाबी गरिएको छ ।
कारमा १५.६ इन्चको २.५ के सेन्ट्रल टचस्क्रिन, टु स्पोक स्टेरिङ ह्वील, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, वायरलेस चार्जिङ, पप–अप स्पीकर, एम्बीयन्ट लाइट पाउन सकिन्छ । साथै, क्वालकमको स्न्याप ड्रागन ८२९३ पी चीप दिइएको कारमा डिपसिक–आर१ इन्टेलिजेन्ट सफ्टवेयर प्रयोग भएको छ ।
यस कारले सबै भन्दा बढि अर्डर टप स्पेक भेरिएन्ट म्याक्सका लागि प्राप्त गरेको जनाइएको छ । हाई टेक फिचर र अधिकतम रेन्जका कारण कुल अर्डरको ६० प्रतिशत हिस्सा उक्त भेरिएन्टले ओगटेको हो । एन७ लाई निसानले जापानमा समेत निर्यात गर्ने योजना बनाएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...