लद्दाखमा परीक्षणका क्रममा देखियो रोयल इनफिल्ड हिमालयन ईभी, कठिन भूगोलमा भइरहेको परीक्षण
प्रिमियम मोटरसाइकल निर्माता रोयल इनफिल्डले विद्युतीय एडभेन्चर...
रोयल इनफिल्ड हिमालयनको इलेक्ट्रिक भर्सन पहिलोपटक परिक्षणका क्रममा देखा परेको छ । भारतको लद्दाखमा देखिएको उक्त इलेक्ट्रिक एडभेन्चर बाइकको पछिल्लो प्रोटोटाइप उत्पादनको नजिकै रहेको अनुमान गरिएको छ । परिक्षण सम्पन्न भएपछि यो छिट्टै लन्च हुने अपेक्षा गरिएको छ ।
इलेक्ट्रिक हिमालयनको प्रोटोटाइप एक्मा २०२४ मा अनावरण गरिएको थियो । परिक्षण भइरहेको बाइक गत वर्ष प्रदर्शन गरिएको संस्करण २.० जस्तै देखिएको छ । यसमा अपराइट विन्डस्क्रिन, उठाइएको ह्यान्डलबार र सिंगल पिस सिट र गोलाकार एलईडी हेडल्याम्प राखिएको छ ।
रोयल इनफिल्डले इलेक्ट्रिक एड्भेन्चरको प्राविधिक विवरणहरू खुलासा नगरेपनि बाइकमा अपसाईड–डाउन फ्रन्ट फोर्क र पछाडि मोनो–शक सस्पेन्सन जडान हुने अनुमान गरिएको छ । बाइकमा अफररोड टायर सहित रग्ड वायर स्पोक ह्विलहरु जडान गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...