नेपाल मोबिलिटी एक्सपो २०२५ को स्टल बाँडफाँड सम्पन्न, यी ब्रान्ड सहभागी हुँदै

काठमाडौं – नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले नेपाल मोबिलिटी एक्सपो २०२५ का लागि स्टल बाँडफाँड सम्पन्न गरेको छ । साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एक्सपोमा सहभागी ब्रान्डलाई स्टल बाँडफाँड गरिएको हो ।

एक्सपोमा ४ पाङ्ग्रे, २ पाङ्ग्रे र कमर्सियल गरी कुल ५० ब्रान्ड सहभागी हुने बताइएको छ । यी ब्रान्डका लागी ४८ वटा स्टल तोकिएकोमा २१ वटा ४ पाङ्ग्रे सवारी ब्रान्ड, १८ वटा २ पाङ्ग्रे सवारी ब्रान्ड र ९ वटा व्यावसायिक सवारी साधन ब्रान्ड रहनेछन् ।

‘नेपालको अटोमोबाइल उद्योगका प्रमुख ब्रान्डहरूको सक्रिय सहभागिता अत्यन्त उत्साहजनक छ । सम्पूर्ण स्टलहरू बुक भइसकेका छन् र अब हामी सफल कार्यान्वयनमा केन्द्रित भएका छौं’ नाइमाकी अध्यक्ष रितु सिंह वैद्यले भनिन् ।

वैद्यका अनुसार, नेपालमा मोबिलिटी क्षेत्रको दिगो विकासका लागि नीति निर्माणदेखि अन्तर्राष्ट्रिय तहसम्म सक्रिय पैरवी गर्दै आएको छ । एक्सपोले परम्परागत प्रदर्शनीको ढाँचामा नवीनता थप्ने र व्यवसायीहरूलाई आफ्नो सवारीसाधनको सोकेस आकर्षक तवरले गर्न पाउने अवसर प्रदान गरेको छ । प्रदर्शनीको समग्र व्यवस्थापन मिडिया स्पेस सोलुसन प्रालिले गर्नेछ ।

एक्सपोमा ४ पाङ्ग्रे सवारी ब्रान्डहरूतर्फ बीवाइडी, सिट्रोनन, फोर्थिङ, ग्रेट वाल मोटर्स, हेनरी भोल्ट्स, हुन्डाई, केयी, किया, लीपमोटर, एलइभी १, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुबिशी, निसान, ओमोडा÷जेको, प्यूजो, प्रोटोन, रेनो, टोयोटा, फक्सवागन तथा जीकर सहभागी हुने छन् ।

यस्तै, दुई पाङ्ग्रेतर्फ एम्पियर, एथर, बजाज, बेनेली, सिएफमोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआईयू, रिभोल्ट, रोयल इनफिल्ड, सेगवे–नाइनबोट, सुजुकी, ट्रायम्फ, टीभीएस, अल्ट्राभायोलेट, याडिया, जिहोलगायत ब्राण्ड सहभागी हुनेछन् भने कमर्सियल भेइकलतर्फ चेरी वान्डा, डोङफेङ, फ्यारीजोन, हाउजी, कामा, क्यारी, किङलङ तथा सनलङ सहभागी हुने बताइएको छ ।

नाइमाले सहभागी सम्पूर्ण ब्रान्डप्रति आभार व्यक्त गर्दै, आम सर्वसाधारणलाई एक्सपो मा सहभागी भई आगामी मोबिलिटी प्रविधिबारे जानकारी लिन सबैलाई आग्रह गरेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...