लन्चिङ समयमै एकै पटक ५० युनिट बिक्री गरेको जेन ३ केटीएम ड्युक २५० सोल्ड आउट
काठमाडौं – केही दिन पहिले मात्र बिक्री प्रारम्भ गरेको नयाँ थर्ड जेनेरेसन...
काठमाडौं – केटीएमको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले केटीएम २५० ड्युकको मूल्य एकै पटक ४६ हजार रुपैयाँ घटाएको छ । यसरी मूल्य घटाए पनि बाइकको पावर र फिचर सबै उही भएको समेत कम्पनीले बताएको छ ।
पहिले केटीएम २५० ड्युकको मूल्य ७ लाख ५९ हजार ९ सय रुपैयाँ रहेकोमा अब यसको मूल्य ७ लाख १३ हजार ९ सय रुपैयाँ मात्र तोकिएको छ । नेपालभर रहेका राइडरहरुलाई हाई पर्फमेन्स मोटरसाइकल उपलब्ध गराउने र सबैको पहुँचमा यस्ता मोटरसाइकल पु-याउने केटीएमको प्रतिबद्धतालाई यसले प्रमाणित गर्ने समेत केटीएम नेपालले बताएको छ ।
एग्रेसिभ डिजाइन, पावरफुल २५० सीसी इन्जिन र रेजर–सार्प ह्यान्डलिङका लागि लोकप्रिय मानिने केटीएम २५० ड्युकले बाइकप्रेमी युवाहरुको चाहना अनुसार फरक प्रकारको सवारी अनुभव प्रदान गर्छ । नयाँ परिमार्जित मूल्यले ‘मूल्य घटाए पनि पर्फमेन्स नघटेको’ बाइकका साथ राइडरहरुले थ्रिल अनुभव गर्न सक्ने छन् ।
नेपालको प्रिमियम मोटरसाइकल बजारमा केटीएम नेपालले समय समयमा उपलब्ध गराउने अतुलनीय मूल्य मात्र होइन, यसलाई सबैको पहुँचमा पु¥याउने प्रतिबद्धता समेत झल्काएको कम्पनीको भनाइ छ ।
नेपाली बजारमा गत चैत महिनाको सुरुमा जेन ३ केटीएम २५० ड्युक भित्रिएको थियो । केही समयका लागि यो बाइकको मूल्य ७ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको थियो र पछि केही बढाइएको थियो ।
सो बाइकमा राइडरको कम्फर्टलाई उच्च प्राथमिकता दिँदै लामो व्हिलबेस, एड्जस्टेबल सिट हाइट, राइड–बाइ–वायर टेक्नोलोजी, क्विक सिफ्टर जस्ता विशेषताहरू पाउन सकिन्छ। साथसाथै यसमा अप्सनल ८००/८२० एमएमको सिट हाइट सेटिङ्ग पाउन सकिन्छ। केटीएम ड्युक २५० मा उत्कृष्ट एलसी फोर सिलिन्डर इन्जिन समावेश गरिएको छ जसको कारणले उच्चतम पावर र स्मुथ एक्सिलेरेसनको अनुभव गर्न सकिनेछ भने उक्त इन्जिनले ३० पीएस पावर र २५ एनएमको टर्क जेनेरेट गर्दछ।
काठमाडौं – केही दिन पहिले मात्र बिक्री प्रारम्भ गरेको नयाँ थर्ड जेनेरेसन...
बजाज अटोले केटीएममा पूर्ण नियन्त्रण कायम गरेको छ । कम्पनीले अस्ट्रियाली...
काठमाडौं – केटीएम नेपालले मोटरसाइकल प्रेमीहरुलाई आफ्ना नयाँ मोडलहरु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...