टाटा कर्भ ईभीको के२के यात्रा सुरु, ३ हजार किमी पार गर्ने

काठमाडाैं - टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विश्व वातावरण दिवस २०२५ को अवसरमा टाटा कर्भ ईभीमा काठमाडौँदेखि कन्याकुमारीसम्मको ऐतिहासिक विद्युतीय यात्राको घोषणा गरेको छ।

“के२के ड्राइभ” नाम दिइएको यो अभियान हिजाेदेखि सुरु भएकाे र यसले विद्युतीय गाडीमा लामो दूरीको यात्रालाई प्रोत्साहन गर्ने कम्पनीको विश्‍वास छ।

कम्पनीका अनुसार यस यात्रामा चर्चित अटो उत्साहीहरू अवाशिष प्रसाद ओझा र विजय राम कसजू सहभागी हुँदै छन्, जसले करिब ३ हजार किलोमिटर भन्दा बढी दूरी तय गर्दै काठमाडौँदेखि भारतको दक्षिणी छेउ कन्याकुमारीसम्मको बाटो विद्युतीय रूपमा पार गर्नेछन्।

कर्भ ईभीमा भारतको कन्याकुमारीतर्फ लाग्नुअघि अवाशिष ओझाले बाटोका हिसाबले र दक्षिण भारत ठाउँका हिसाबले अनौठो नभए पनि विद्युतीय कारमा पहिलोपटक जान लागेकाले केही फरक अनुभव हुने बताए। “मेरो दक्षिण भारतको यात्रा नयाँ भने होइन। तर इलेक्ट्रिक कारमा यात्रा गर्दा कस्तो अनुभव हुने हो, चार्जिङ सुविधाको उपलब्धताले यात्रालाई रोमाञ्चक र केही चुनौतीपूर्ण बनाउन सक्छ,” उनले भने, “हामी यसका लागि धेरै उत्साहित छौं। कर्भ ईभीले हाम्रो यात्रालाई अझ बढी रोमाञ्चक बनाउने छ।”

कर्भ ईभीको १८६ मिलिमिटर ग्राउन्ड क्लियरेन्स भएकाले यात्रामा कुनै ठूलो समस्या आउने देखिँदैन। नेपालमा हालै लन्च भएको टाटा कर्भ ईभी एक अत्याधुनिक इलेक्ट्रिक एसयूभी-कुपे हो। यसमा लेभल–२ एडीएएस, प्यानोरामिक सनरुफ, भी२एल टेक्नोलोजी लगायत उच्चस्तरीय सुरक्षा र सुविधा छन्।

विश्व वातावारण दिवसको अवसरमा बिहीबार सिप्रदीले कर्भ ईभीमा कन्याकुमारी जान लागेका ओझा र कसजुलाई थापाथलीमा रहेको टाटा कार शोरुमबाट ‘फ्ल्याग अफ’ गरी विदाइ गरेको हो।

टाटा मोटर्सको प्यासेन्जर भेइकल विजनेस युनिटका एचओडी शावन्त जंग सिजापतिले वातावरणको संरक्षण र दिगो भविष्यतर्फको टाटा मोटर्सको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने प्रयास स्वरूप वातावरण दिवसको अवसरमा विशेष अभियान सुरु गरेका बताए ।

टाटा कर्भ इभीमा ५५ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ, जसले नेपालमा औसत ३७० किलाेमिटरको रेन्ज दिन्छ । भारतका विभिन्न इलाकाहरूमा भने प्रयोगकर्ताहरूले ४७० किमीसम्मको रेन्ज पाएको पनि उल्लेख गरिएको कम्पनीले जनाएको छ ।

टाटा एक विश्वसनीय ब्राण्ड भएकाले ईभीको बजारमा प्रवेशपछिको यसको गति, नेटवर्क विस्तार र उत्पादनको गुणस्तरले उसलाई अरू ब्रान्ड भन्दा उपभोक्ताको रोजाईमा पर्ने गरेको बताइएकाे छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...