१ हजार यूनिट बिक्री भयो ‘मेड इन नेपाल’ हुन्डाई क्रेटा
काठमाडौं – हुन्डाईको सर्बाधिक लोकप्रिय एसयूभी क्रेटा नेपालमै एसेम्वल...
टाटा मोटर्सले हालै आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक एसयूभी ह्यारियर लन्च गरेको छ । सो मोडलले भारतिय बजारमा केहि समयअघि लन्च भएको हुन्डाई क्रेटा ईभीसंग प्रतिस्पर्धा गर्न चर्चा चलिरहेको छ । यी दुवै एसयूभी आ–आफ्नो सेग्मेन्टमा उच्च रेन्ज र स्मार्ट फिचरका कारण लोकप्रिय वनिरहेका छन् ।
रेन्ज र ब्याट्री : टाटा ह्यारियर ईभीलाई कम्पनीले ६५ र ७५ किलोवाट आवर गरी दुई फरक ब्याट्री विकल्पमा ल्याएको छ । ठूलो ब्याट्रीको सहायताले यसले ६२७ किलोमिटरसम्मको रेन्ज दिन्छ । क्रेटा ईभीमा ४२ र ५१.४ किलोवाट ब्याट्री प्याक दिइएको छ, जसले क्रमशः ३९० र ४७३ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ।
ह्यारियर ईभीले १२० किलोवाट फास्ट चार्जिङ सपोर्ट गर्छ, जसले २५ मिनेटमै २०–८० प्रतिशत चार्ज हुन्छ। क्रेटा ईभी पनि डीसी फास्ट चार्ज सपोर्ट गर्छ, तर त्यसलाई १०–८० प्रतिशत चार्ज गर्न ५८ मिनेट लाग्छ। यद्यपि, वाल चार्जरमार्फत ह्यारियरको तुलनामा क्रेटाले छोटो समयमै पूरै चार्ज पूरा गर्न सक्छ।
पावर र परफर्मेन्स : ह्यारियरमा ड्युअल मोटर सिस्टम दिइएको छ, जसले २३८ पीएस पावर र ५०४ एनएम टर्क प्रदान गर्छ। यसले ०–१०० किलोमिटर प्रतिघण्टा गति केवल ६.३ सेकेन्डमा पूरा गर्न सक्छ। क्रेटा ईभीमा १३५ र १७१ पीएस गरि दुई फरक पावर आउटपुट उपलब्ध छ, जसले यसलाई ७.९ सेकेन्डमा सो गति प्राप्त गर्न सक्षम बनाउँछ।
मूल्य : क्रेटा ईभी ह्यारियर ईभी भन्दा अलिक सस्तो विकल्प हो । यसको प्रारम्भिक मूल्य १७ लाख ९९ हजार भारुबाट सुरु हुन्छ र उच्च भेरिएन्ट २४ लाख ३७ हजार भारुसम्म पुग्छ। यसको तुलनामा ह्यारियर ईभीको सुरुआती मूल्य २१ लाख ४९ हजार भारु छ।
उच्च रेन्ज र बलियो पर्फर्मेन्सका लागि टाटा ह्यारियर ईभी उत्तम विकल्प हुन सक्छ। तर, किफायती मूल्यमा संतुलित फिचर र व्यावहारिक रेन्जका लागि हुन्डाई क्रेटा ईभी राम्रो विकल्प हुन सक्छ ।
क्रेटा ईभी नेपाली बजारमा उपलब्ध भैसकेको छ भने ह्यारियर ईभी पनि अवको केहि समयपछि भित्रिने लगभग पक्कापक्कि जस्तै छ ।
काठमाडौं – हुन्डाईको सर्बाधिक लोकप्रिय एसयूभी क्रेटा नेपालमै एसेम्वल...
भारतमा टाटा ईभीको ग्राहक २ लाख बढि पुगेको छ । २०१९ को अन्तिमतिर नेक्सन ईभी...
काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...