बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं–टाटा मोटर्सले आफ्नो वहुप्रतिक्षित ईभी अभिन्या लन्च हुन कम्तिमा पनि २ वर्ष ढिलो हुने जनाएको छ । २०२२ को अटो एक्सपोमा कन्सेप्ट सार्बजनिक गरेर यसै वर्ष लन्च हुने घोषणा गरिएको अभिन्या अव सन् २०२७ मा मात्रै लन्च हुने बताइएको हो ।
अभिन्या लन्च हुन कम्तिमा २ वर्ष ढिलो हुने जानकारी टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटीका चिफ कमर्सियल अफिसर विवेक श्रीवास्तवले गराएका हुन् ।
वर्न–ईभी प्लेटफर्मममा तयार हुने टाटाको पहिलो ईभी मोडलका रुपमा आउने बताइएको यस ईभी ढिलो हुनुको पछाडी ज्यागुअर ल्याण्ड रोभरसंग भएको सम्झौता प्रमुख रहेको बताइएको छ । टाटा मोटर्सले हालै ज्यागुअर ल्यान्ड रोभरसंग आफ्नो ईएमए आर्किटेक्चर सेयर गर्ने सम्झौता गरेको थियो ।
जसअनुसार, ल्यान्ड रोभले तमिलनाडुमा प्लान्ट तयार पारिरहेको छ । सो प्लान्ट तयार हुन अझै केही समय लाग्ने कारण पनि अभिन्या ईभीको लन्चिङ समय पर धकेलिएको हो ।
टाटाको थर्ड जेनेरेशन प्लेटफर्ममा आधारित अभिन्या ४.३ मिटर लामो हुनेछ । अभिन्या इभीमा एड्भान्स अटोनोमस सिस्टम, ड्राइभर असिस्ट तथा सेफ्टी फिचरमा भविष्य केन्द्रीत टेक्नोलोजी प्रयोग हुनेछ । डिसी फास्ट चार्जिङ टेक्नलोजी सहित आउने यो कारले सिंगल चार्जमा कम्तीमा ५०० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...