केटीएमको पहिलो इलेक्ट्रिक मोटरसाइकल ‘ई-ड्युक’ चाँडै लन्च हुने, डिजाइन र प्रविधिमा क्रान्ति ल्याउने अपेक्षा

केटीएमले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल लन्च गर्ने तयारीमा रहेको छ। कम्पनीको चर्चित ड्युक सिरिजमा आधारित नयाँ बाइक ‘ई-ड्युक’ को प्रोटोटाइप अस्ट्रियास्थित केटीएमको मुख्यालयमा सार्वजनिक रूपमा देखिएको छ।

ई-ड्युकको निर्माण केटीएम ३९० ड्युकको च्यासिसमा आधारित हुनेछ । सो बाइकमा फ्युचरिस्टिक हुनेछ साथै यसमा सबफ्रेम, आकर्षक र शार्प बडी डिजाइन, नयाँ हेडलाइट स्ट्रक्चर, मोटीजीपीबाट प्रेरित एयर स्कुप र थ्रीडी प्रिन्टेड सिट जस्ता सुविधा समावेश हुनेछ।

केटीएम ई-ड्युकमा ५.५ किलोवाट आवरको ब्याट्री प्याक हुने अपेक्षा गरिएको छ, जसले एकपटक चार्जमा १०० किलोमिटरभन्दा बढी रेन्ज प्रदान गर्नेछ । यसमा करिब १० किलोवाट पावर क्षमताको मोटर रहने अनुमान छ। साथै, बाइकमा फास्ट चार्जिङ, इन्टिग्रेटेड चार्जिङ केबल, फराकिलो ह्यान्डलबार र ४.३ इन्चको टीएफटी डिजिटल डिस्प्ले जस्ता फिचर पनि उपलब्ध हुनेछ ।

बजाजले पछिल्लो समय केटीएमलाई आर्थिक सन्तुलनमा ल्याउन ठूलो सहयोग पुर्‍याएको छ। यस्तो अवस्थामा, ई-ड्युकको निर्माण भारतमै हुने सम्भावना प्रबल देखिएको छ । केटीएम ई-ड्युकको 'मेड इन इन्डिया' ट्यागले यसको अन्तर्राष्ट्रिय पहुँच अझै विस्तार गर्न सक्ने विश्वास गरिएको छ।

सम्बन्धित समाचारहरू

ड्युक २०० मा २० हजार र ड्युक २५० मा ८० हजार बढ्यो मूल्य

ड्युक २०० मा २० हजार र ड्युक २५० मा ८० हजार बढ्यो मूल्य

काठमाडौं – नेपाली बजारमा उपलब्ध केटीएमका प्रतिष्ठित दुई मोडल ड्युक २०० र...

नयाँ ३९० एड्भेन्चर एक्समा यी हुन् अझै उपलब्ध र हटाइएका ५ फिचर

नयाँ ३९० एड्भेन्चर एक्समा यी हुन् अझै उपलब्ध र हटाइएका ५ फिचर

केटीएमले ३९० एड्भेन्चरको सस्तो भेरिएन्ट ‘३९० एड्भेन्चर एक्स’ लन्च गरेको छ...

जबरदस्त पावर र माइलेजका साथ केटीएम ड्युक २०० नयाँ अवतारमा

जबरदस्त पावर र माइलेजका साथ केटीएम ड्युक २०० नयाँ अवतारमा

केटीएम ड्युक २०० नयाँ अवतारमा लन्च गरेको छ । कम्पनीले सो बाइक १ लाख ९६ हजार...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...