होलीमा आफ्नो कार र बाइकको रङ बिग्रनबाट जोगाउन अपनाउनुस् यी सरल टिप्स
आज होली, रङको पर्व । होलीको समयमा सवारी साधनमा रङ लगाउनु सामान्य कुरा हो । तर...
काठमाडौं - सार्वजनिक यातायात बचाऊ संघर्ष समितिले आइतबार माइतीघरमा विरोध प्रदर्शन गरेको छ । यातायात सम्बन्धी ७ बुँदे माग राखेर सरकारसमक्ष दबाब सिर्जना गर्नका लागि उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
समितिले विदेशी एप्लिकेसन मार्फत निजी २ (दुई) तथा ४ (चार) पाङ्ग्रे सावारी साधनले गैरकानुनी रूपमा आफूखुशी भाडा तोकी यात्रुहरुलाई सेवा दिईरहेको कार्य तत्काल बन्द गर्न माग गरेको छ ।
व्यवसायीहरूले गाडीमा कालो झण्डा राख्नुका साथै निधारमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन्।
प्रदर्शनमा सहभागी व्यवसायी सरोज सिटौलाले राजनीतिक पार्टीको एजेण्डा नभई नितान्त सार्वजनिक यातायात बचाएर गरि खान देउ भन्नको लागि सडकमा आउनु परेको बताए । उनले भने,‘नेपाली यात्रुवाहक सवारी साधन, मालवाहक सवारी साधन हाम्रो विस्थापित भइसक्यो । अब रातो प्लेटका कारण हामी पनि विस्थापित हुने समय भयो । हामी कुनै राजनीतिक एजेण्डा लिएर आएका हैनौँ । नितान्त सार्वजनिक यातायात बचाएर गरि खान देउ भन्नको लागि हो । लाखौँ यातायात व्यवसायी र स्वरोजगार साथिहरुलाई विस्थापित गर्ने ऐन आएको छ त्यो फिर्ता हुनुपर्छ ।’
उनले पटक पटक सरकारसँग गरेका मागहरु र सर्वाेच्चले गरेको निणर्य कार्यन्वयन गर्नुपर्ने बताए ।
यसअघि, आन्दोलनको पहिलो चरणअन्तर्गत व्यवसायीहरूले रिङरोड सडक खण्डमा सार्वजनिक सवारीसाधन सडकमै तेर्साएर विरोध जनाएका थिए। उनीहरूले कालो झण्डा देखाएर ६ वटै प्रदेशबाट विरोध र्याली गरेका छन्।
व्यवसायीहरूले यदि जेठ १९ गतेसम्म मागहरू पूरा नभएमा देशभर सार्वजनिक यातायात सेवा अनिश्चितकालका लागि बन्द चेतावनी दिएका छन्।
आज होली, रङको पर्व । होलीको समयमा सवारी साधनमा रङ लगाउनु सामान्य कुरा हो । तर...
काठमाडौं – यातायात व्यवसायीले विभिन्न ७ बुँदे माग राख्दै आन्दोलनका...
आधुनिक सवारी साधनमा प्रविधिको प्रयोग तीव्र रूपमा बढ्दै जाँदा एन्ड्रोइड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...