लुम्बिनी प्रदेशमा बजेट : यस्ता छन् सडक र अन्य पूर्वाधार व्यवस्था

आर्थिक वर्ष २०८२/८३ का लागि संघीय सरकारले प्रस्तुत गरेको बजेटमा लुम्बिनी प्रदेशका लागि धेरैजसो पुराना योजनाहरूलाई निरन्तरता दिइएको छ। तर नयाँ क्षेत्रहरूमा समेत लगानीको घोषणा गर्दै सरकारले रेल सञ्चालनको तयारीदेखि पेट्रोलियम पदार्थ अन्वेषणसम्मको योजना अघि सारेको छ।

बिहीबार संसद्मा अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै लुम्बिनी प्रदेशमा कृषि पूर्वाधार निर्माणदेखि औद्योगिक क्षेत्रको विस्तार, पर्यटन प्रवर्द्धन, सडक निर्माण, स्वास्थ्य, शिक्षा र ऊर्जा क्षेत्रमा प्राथमिकता दिइएको जानकारी गराए।

यश अनुसार रेलमार्गको तयारी अन्तर्गत नेपालगञ्ज रोड–नेपालगञ्ज र नौतनहवा–भैरहवा खण्डमा काम सुरु गर्ने याजना छ ।

पाल्पा र दाङमा पेट्रोलियम पदार्थ अन्वेषणको लागि बजेट छुट्याउने, निजी क्षेत्रको सहकार्यमा लुम्बिनी–मुक्तिनाथ पर्यटन मार्ग विस्तार गर्ने र बुटवल–शिद्धबाबा सुरुङमार्ग सम्पन्न गर्ने योजना छ ।

त्यसैगरी बेलहिया–बुटवल सडक, सालझन्डी–ढोरपाटन व्यापारिक रणनीतिक सडक, बुटवल–गोरुसिङ्गे सडक र बुटवल–नारायण सडक निर्माणका लागि बजेट विनियोजन गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...