नेदरल्याण्डले सौर्य उर्जाबाट चल्ने कार निर्माण गर्ने, रेन्ज ६२४ किलोमिटर
नेदरल्याण्डको लाइटइयर कम्पनीले विगत छ वर्षदेखि सौर्य ऊर्जामा चल्ने ईभीमा...
काठमाडौं– जापनिज अटो निर्माता माज्दाले आफ्नो नेक्स्ट जेनेरेशन ईभीमा सीएटीएलद्धारा निर्मित नयाँ चेसिस प्रयोग गर्ने भएको छ । विश्वको सबैभन्दा ठूलो ब्याट्री निर्माता सीएटीएलले विकास गरेको ‘सेल टु चेसिस स्केटबोर्ड’ प्लेटफर्ममा नयाँ ईभी ल्याउने चांगन माज्दाले जनाएको हो ।
चांगन अटोसंगको सहकार्यमा गाडी उत्पादन गर्दै आएको माज्दाले सीएटीएलसंगको सहकार्यमा नयाँ चेसिस विकास गर्न निरन्तर सहकार्य गर्ने घोषणा समेत गरेको छ ।
सीएटीएलले विकास गरेको नयाँ चेसिस निकै बलियो र सुरक्षित समेत रहेको चांगन माज्दाको भनाई छ । सो चेसिस प्रयोग गरी उत्पादन गरिएको गाडीलाई १२० किलोमिटर प्रतिघन्टाको उच्च गतिमा ठोक्याउँदा स्मेत गाडीमा कुनै क्षती नपुगको बताइएको छ ।
माज्दाले चीनमा आफ्नो विद्युतीय सवारी साधनको बजार विस्तार गर्न चाहिरहेको समयमा यी दुई कम्पनीविच नयाँ समझादरी भएको हो । २०२५ को सांघाई अटो शोमा ईजेड–६० एसयुभी तथा नान्जिङमा ६ई सेडान डेब्यू गरेर माज्दाले आँफूपनि ईभी रेसमा संलग्न भैसकेको संदेश दिएको थियो ।
चांगन माज्दाले चीनमा १० अर्ब युआन लगानी गर्ने प्रतिबद्धता जनाएको छ भने उसले २०२७ सम्ममा उत्पादन दोब्बर गर्ने लक्ष्य लिएको छ । जसमध्ये, ९० प्रतिशत गाडी ईभी र हाइब्रिड हुने बताइएको छ ।
कम्पनीले चीनको नान्जिङ सहरमा अनुसन्धान र विकासका लागि भब्य संरचना तयार पारएको छ भने सोही प्लान्टबाट गाडी निर्माण गरी निर्यात समेत गर्ने तयारी गरेको छ । माज्दाले २०२७ सम्ममा चीनमा थप दुई ईभी मोडल लन्च गर्ने योजना बनाएको छ ।
नेदरल्याण्डको लाइटइयर कम्पनीले विगत छ वर्षदेखि सौर्य ऊर्जामा चल्ने ईभीमा...
काठमाडौं – नेपालमै बनेको विद्युतीय मोटरसाइकल ल्याएर चर्चा कमाएको कम्पनी...
चाइनिज इलेक्ट्रिक कार निर्माता कम्पनी बीवाईडीले बिल्ट–इन कार कि सहितको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...