क्रसफायर आरएमजेड २५० भोलि लन्च हुने, मूल्य कति ?

काठमाडौं – क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले नयाँ मोटरसाइकल ‘आरएमजेड २५०’ भोलि लन्च गर्ने भएको छ ।

कम्पनीले भोलि शुक्रबार महाराजगन्जस्थित शोरुममा एक कार्यक्रम आयोजना गरी नयाँ मोटरसाइकल लन्च गर्न लागेको हो । सो अवसरका क्लासिक ह्विल्सले क्रसफायरको लिगेसी समेत शोकेस गर्ने भएको छ ।

केही समय पहिले देखि प्रि–बुकिङ खुला गरिएको क्रसफायरको सो नयाँ बाइकको मूल्य र यसका साथमा उपलब्ध हुने स्किमको वारेमा पहिले नै जानकारी सार्वजनिक भइसकेको छ । हाल सो बाइकको मूल्य ८ लाख ५९ हजार रुपैयाँ तोकिएको छ ।

नेपाली बजारमा पहिले उपलब्ध आरएम २५० को अपग्रेडेड भर्सनको रुपमा आरएमजेड२५० उपलब्ध भएको हो । थ्रिल चाहने र एड्भेन्चर रुचाउने राइडरहरुको चाहना पुरा गर्ने उद्देश्यका साथ ल्याइएको सो मोटरसाइकलले नेपालको जुनसुकै भूगोलमा पनि अतुलनीय पावर, प्रिसिजन र परफर्मेन्स प्रदान गर्ने कम्पनीको दावी छ ।

यो भन्दा पहिले नेपालको एड्भेन्चर मोटरसाइकल बजारमा एउटा सर्बाधिक आइकोनिक मोडलको पहिचान कायम गरेको आरएम २५० लाई अझै परिस्कृत गरेर ल्याइएको नयाँ मोटरसाइकल आरएमजेड२५० ले मोटरसाइकलको परफर्मेन्स र रिलायबिलिटीलाई नेक्स्ट–लेभलमा पु–याउने दावी गरिएको छ ।

यसका साथमा प्रि–बुकिङ बेनिफिटको रुपमा ग्राहकले फ्रि प्रिमियम डर्ट हेल्मेट, एक्स्क्लुसिभ राइडिङ ज्याकेट, फ्रि इन्ट्री फर अ मल्टी–डे एड्भेन्चर राइड लगायतका अफर प्राप्त गर्नेछन् ।

सम्बन्धित समाचारहरू

क्रसफायर र इटालिका मोटो मोटरसाइकलमा ५० हजारसम्म नगद छुट

क्रसफायर र इटालिका मोटो मोटरसाइकलमा ५० हजारसम्म नगद छुट

काठमाडौं– क्रसफायर एबं इटालिका मोटो मोटरसाइकलको नेपालका लागी आधिकारिक...

ग्यारो इलेक्ट्रिक स्कुटर अव धरानमा पनि

ग्यारो इलेक्ट्रिक स्कुटर अव धरानमा पनि

काठमाडौं– क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले नेपाल...

क्रसफायर मोटरसाइकल किन्दा ३० हजारसम्म नगद छुट र एक्सचेन्ज बोनस पाइने

क्रसफायर मोटरसाइकल किन्दा ३० हजारसम्म नगद छुट र एक्सचेन्ज बोनस पाइने

काठमाडौं– क्रसफायर र इटालिका मोटोको नेपालका लागि आधिकारिक वितरक क्लासिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...