रोयल इन्फिल्डले हासिल ग-याे १० लाख युनिट बिक्रीको नयाँ रेकर्ड

रोयल इन्फिल्डले हालसम्मकै सर्बधिक बिक्रीको रेकर्ड कायम गरेको छ । कम्पनीले पहिलो पटक १० लाख वार्षिक बिक्री पार गरेको हो ।

बाइक निर्माताले आर्थिक वर्ष २०२४–२५ मा १० लाख ९ हजार ९०० मोटरसाइकल बेचेको छ, जुन यसको इतिहासमा अहिलेसम्मकै उच्च हो ।

रोयल इन्फिल्डको वार्षिक बिक्री आर्थिक वर्ष २०२३–२४ को तुलनामा ११ प्रतिशतले बढेको छ । मार्च २०२५ को बिक्री पनि ३४ प्रतिशतले बढेर १ लाख १ हजार २१ युनिट पुगेको छ ।

आर्थिक वर्ष २०२४–२५ मा रोयल इन्फिल्डले भारतिय बजरमा ९ लाख २ हजार ७५७ युनिट बिक्री गरेको छ भने निर्यात समेत ३७ प्रतिशतले बढाएर १ लाख ७ हजार १४३ युनिट पुर्याएको छ । जवकी गत आर्थिक वर्षमा कम्पनीले भारतमा ८ लाख ३४ हजार ७९५ युनिट मोटरसाइकल बिक्री गरेको थियो ।

रोयल इन्फिल्डका अनुसार, घरेलु र अन्तर्राष्ट्रिय बजारमा निरन्तर माग बढ्नु र प्रोडक्ट लाइनअप विस्तार हुँदा रेकर्ड बिक्री गर्न सफल भएको हो । कम्पनीले नयाँ मोडलका रुपमा गुरिल्ला ४५०, वियर ६५०, क्लासिक ६५०, स्क्राम ४४० र गोआन क्लासिक ३५० जस्ता नयाँ मोडल ल्याएको थियो ।

सम्बन्धित समाचारहरू

नयाँ विशेष संस्करणमा आयो मेटियर ३५०, यस्तो छ मूल्य र विशेषता

नयाँ विशेष संस्करणमा आयो मेटियर ३५०, यस्तो छ मूल्य र विशेषता

रोयल इनफिल्डले भारतमा जारी मोटोभर्स २०२५ मेटियर ३५० को नयाँ विशेष संस्करण...

रोयल इन्फिल्डद्वारा हिमालयन ४५० र्याली टिजर सार्वजनिक, अफरोड क्षमतामा ठूलो सुधार

रोयल इन्फिल्डद्वारा हिमालयन ४५० र्याली टिजर सार्वजनिक, अफरोड क्षमतामा ठूलो सुधार

रोयल इन्फिल्डले आफ्नो नयाँ अफ-रोड मोडल हिमालयन ४५० र्यालीको टिजर...

रोयल इन्फिल्ड नेपालद्वारा अनलाइन सर्भिस क्विज विजेता पुरस्कृत

रोयल इन्फिल्ड नेपालद्वारा अनलाइन सर्भिस क्विज विजेता पुरस्कृत

काठमाडौं – रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...