रोयल इन्फिल्डले हासिल ग-याे १० लाख युनिट बिक्रीको नयाँ रेकर्ड

रोयल इन्फिल्डले हालसम्मकै सर्बधिक बिक्रीको रेकर्ड कायम गरेको छ । कम्पनीले पहिलो पटक १० लाख वार्षिक बिक्री पार गरेको हो ।

बाइक निर्माताले आर्थिक वर्ष २०२४–२५ मा १० लाख ९ हजार ९०० मोटरसाइकल बेचेको छ, जुन यसको इतिहासमा अहिलेसम्मकै उच्च हो ।

रोयल इन्फिल्डको वार्षिक बिक्री आर्थिक वर्ष २०२३–२४ को तुलनामा ११ प्रतिशतले बढेको छ । मार्च २०२५ को बिक्री पनि ३४ प्रतिशतले बढेर १ लाख १ हजार २१ युनिट पुगेको छ ।

आर्थिक वर्ष २०२४–२५ मा रोयल इन्फिल्डले भारतिय बजरमा ९ लाख २ हजार ७५७ युनिट बिक्री गरेको छ भने निर्यात समेत ३७ प्रतिशतले बढाएर १ लाख ७ हजार १४३ युनिट पुर्याएको छ । जवकी गत आर्थिक वर्षमा कम्पनीले भारतमा ८ लाख ३४ हजार ७९५ युनिट मोटरसाइकल बिक्री गरेको थियो ।

रोयल इन्फिल्डका अनुसार, घरेलु र अन्तर्राष्ट्रिय बजारमा निरन्तर माग बढ्नु र प्रोडक्ट लाइनअप विस्तार हुँदा रेकर्ड बिक्री गर्न सफल भएको हो । कम्पनीले नयाँ मोडलका रुपमा गुरिल्ला ४५०, वियर ६५०, क्लासिक ६५०, स्क्राम ४४० र गोआन क्लासिक ३५० जस्ता नयाँ मोडल ल्याएको थियो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...