हुन्डाईलाई पछि पार्दै महिन्द्रा बन्यो भारतको दोस्रो ठूलो कार निर्माता

महिन्द्रा पहिलो पटक भारतको दोस्रो ठूलो कार निर्माता बनेको छ । फेब्रुअरी २०२५ को बिक्री आँकाडा अनुसार स्वदेशी ब्रान्डले हुन्डाईलाई पछि पार्दै पहिलोपटक दोस्रो ठूलो कार निर्माता बनेको हो । गत वर्ष फेब्रुअरीको तुलनामा १९ प्रतिशतले बिक्री बढेका कारण कम्पनीले यो उपलब्धी हाँसिल गरेको हो ।

मिडिया रिपोर्टका अनुसार महिन्द्राले फेब्रुअरी २०२५ मा ५० हजार ४२० यूनिट कार बिक्री गर्दा हुन्डाईले ४७ हजार ७२७ यूनिट बिक्री गरेको थियो । जुन भारतमा बिक्री भएको परिणाम हो । निर्यातलाई समेत जोडेर हेर्दा भने हुन्डाई अहिले पनि भारतको दोस्रो ठूलो कार निर्माता छ ।

निर्यात सहित हुन्डाईको कुल बिक्री फेब्रुअरीमा ५८ हजार ७२७ यूनिट रहेको छ । कार निर्माताको निर्यात ६.८ प्रतिशतले बढेर ११ हजार यूनिट पुगेको जनाइएको छ । अर्कोतर्फ, महिन्द्राको निर्यात १ हजार ९६६ यूनिटमा सिमित हुँदा उसको कुल बिक्री ५२ हजार ३८६ यूनिटमा सिमित रह्यो ।

प्रभावशाली बिक्री प्रदर्शनको बारेमा टिप्पणी गर्दै, महिन्द्रा एण्ड महिन्द्राका अध्यक्ष (अटोमोटिभ डिभिजन) विजय नक्राले भने, ‘यो बलियो प्रदर्शन हाम्रो एसयूभीहरूको लागि निरन्तर सकारात्मक गतिको परिणाम हो ।’

सम्बन्धित समाचारहरू

नयाँ अवतारमा महिन्द्रा एक्सयूभी ७एक्सओ लन्च, जनवरीदेखि डेलिभरी सुरु

नयाँ अवतारमा महिन्द्रा एक्सयूभी ७एक्सओ लन्च, जनवरीदेखि डेलिभरी सुरु

महिन्द्राले आफ्नो नयाँ मिड साइज एसयूभी महिन्द्रा एक्सयूभी ७एक्सओ...

थार रोक्स हात पार्न २०२६ सम्म कुर्नुपर्ने, कहिले आउँछ नेपाल ?

थार रोक्स हात पार्न २०२६ सम्म कुर्नुपर्ने, कहिले आउँछ नेपाल ?

भारतिय बजारमा थार रोक्सको माग बढेपछि सो एसयुभी हात पार्न ग्राहकले २०२६...

स्कर्पियो एनको मूल्य थाहा पाउन १ हप्ता कुर्नुपर्ने, वुकिङ नाडा अटो सोबाट शुरु हुने

स्कर्पियो एनको मूल्य थाहा पाउन १ हप्ता कुर्नुपर्ने, वुकिङ नाडा अटो सोबाट शुरु हुने

नेपाली बजारमा हिँजो सार्वजनिक गरिएको महिन्द्रा स्कर्पियो एनको मूल्य १...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...