नेपाली बजारमा अब प्युजो ब्रान्डका स्कुटर (२ मोडलको मूल्य र फिचर सहित)

काठमाडौं – नेपाली बजारमा फ्रेन्च ब्रान्ड प्युजोका स्कुटर भित्रिएका छन् । अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंकले यसका दुई प्रिमियम स्कुटर जङगो र स्पिडफाइट ४ सार्वजनिक गरेको छ ।

प्युजो जङगो १२५ सीसीको स्कुटर हो, जुन आधुनिक प्रविधि सहित रेट्रो डिजाइनमा उपलब्ध छ । यसमा एयर–कुल्ड ईएफआई इन्जिन छ, जसले १०.६ बीएचपी पावर दिन्छ, जुन स्मुद र पावरफुल राइड प्रदान गर्ने युरो फाइभ स्ट्यान्डर्डको छ ।

ठूलो बडी साइज, ठुलो ह्विल, लक गर्न मिल्ने स्टोरेज बक्स सहितको सेन्ट्रल लकिङ सिस्टम लगायत यसमा एड्भान्स्ड फिचरको रुपमा इलेक्ट्रोनिक फ्युल इन्जेक्सन, एबीएस ब्रेकिङ सिस्टम, इलिगेन्ट एलसीडी ड्यासबोर्ड र १२ भोल्ट चार्जिङ पोर्ट लगायतका विशेषता छन् ।

सुरक्षाका लागि यसमा साइड–स्ट्यान्ड इन्जिन प्रोटेक्सन र क्रोम प्लेटेड एक्सेन्ट्स लगायतका फिचर उपलब्ध छन् ।

प्युजो स्पिडफाइट ४ मा ९.३ किलोवाट पावर प्रदान गर्ने १५० सीसीको स्मार्टमोसन लिक्विड–कुल्ड ईएफआई इन्जिन रहेको छ, जसमा सुरक्षाका लागि ड्युअल च्यानल एबीएस, वेभी ब्रेक डिस्क आदि रहेका छन् । स्पोर्टी लुक्स प्रदान गर्न यसमा एलईडी लायन हेडलाइट, लाइन–क्ल टेललाइट र डिजिटल ड्यासबोर्ड लगायतका विशेषता छन् ।

प्युजो जङगोको मूल्य ५ लाख ७१ हजार र स्पिडफाइट ४ को मूल्य ६ लाख ३२ हजार रुपैयाँ तोकिएको छ ।

महिन्द्रा, जावा, यज्दी लगायतका विभिन्न ब्रान्डको कारोबार गरिरहेको अग्नि ग्रुपले अब नयाँ ब्रान्डको स्कुटर समेत नेपाली बजारमा भित्र्याएको हो ।

सम्बन्धित समाचारहरू

१८ र १९ गते अग्नी आश्थाको एक्सचेन्ज र फ्रि सर्भिस क्याम्प, यस्ता छन् छुट र सुविधा

१८ र १९ गते अग्नी आश्थाको एक्सचेन्ज र फ्रि सर्भिस क्याम्प, यस्ता छन् छुट र सुविधा

महिन्द्राको रिकन्डिसन गाडी कारोबावर गर्ने आधिकारिक कम्पनी अग्नी आश्थाले...

स्कोर्पियो-एनमा आधारित नयाँ पिकअप ट्रक ल्याउँदै महिन्द्रा

स्कोर्पियो-एनमा आधारित नयाँ पिकअप ट्रक ल्याउँदै महिन्द्रा

महिन्द्राले आफ्नो लोकप्रिय एसयूभी स्कोर्पियो एनको फेसलिफ्टसँगै नयाँ...

स्कर्पियो एनमा आधारित नयाँ पिकअप ल्याउँदै महिन्द्रा

स्कर्पियो एनमा आधारित नयाँ पिकअप ल्याउँदै महिन्द्रा

महिन्द्राले अगष्ट १५ मा नयाँ पिकअपको कन्सेप्ट सार्वजनिक गर्ने भएको छ । सो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...