जेएसडब्लू एमजीको पहिलो प्लग–इन–हाइब्रिड कार आउँदै, १ हजार किमीसम्मको रेन्ज दिने दाबी
जेएसडब्ल्यू एमजी मोटर इन्डियाले भारतीय बजारमा आफ्नो पहिलो प्लग इन...
काठमाडौं–टाटा ग्रिन ब्याट्रीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी अटो कम्प प्रालिले काठमाडौं उपत्यकाका विभिन्न २० स्थानमा निःशूल्क ब्याट्री चेकअप क्याम्प सम्पन्न गरेको छ । आफ्ना आधिकारिक डिलरसंग सहकार्य गरी कम्पनीले टु–ह्विलर र फोर–ह्विलर दुबै सेग्मेन्टलाई लक्षित गरी क्याम्प आयोजना गरेको हो ।
हालै सम्पन्न यी क्याम्प सुकेधारास्थित नबदिप अटो पार्ट्स, यारिस अटोमोबाइल्स–वसुन्धारा, अटो एभ प्राली–दक्षिणढोका, लक्ष्मीनिया मोटरसाइकल सेन्टर–नख्खु, संगम इन्टरनेश्नल अटोमोबाइल्स–कृतिपुर, विश्वास्ना अटो लिंक–तिनकुने, रोश्लिन अटो पार्ट्स–खुसिबु, डिएस ट्रेड सेन्टर–सिफल र मिन्कि मोटरसाइकल वर्कशप–डिल्लीबजारमा आयोजना गरिएका हुन् ।
यसैगरी, मन्जुश्री इन्टरनेश्नले डिस्ट्रिब्युटर–लुभु , ओम शान्ति अटो पार्ट्स–बालकुमारी, मिसिका अटो पार्ट्स–हरिसिद्धि, जीवन मोटरसाइकल वर्कशप–भैंसेपाटी, महर्जन मोटरसाइकल वर्कशप–हरिसिद्धि, काठमाडौं अटो सप्लायर्स–लोकन्थली, मानन्धर अटो पार्ट्स–ठिमी र कमलबिनायकस्थित कुमारी अटो पार्ट्समा नि–शूल्क ब्याट्री हेल्थ चेकअप क्याम्प आयोजना गरिएको र यी सबै इभेन्टमा ग्राहकको उपस्थिती उत्साहजनक रहेको कम्पनी भनाई छ ।

सो अवसरमा कम्पनीले ब्याट्रीको हेल्थ चेकअप निःशूल्क गर्नुको साथै ब्याट्री मेन्टिनेन्स तथा विन्टर केयर सम्वन्धी टिप्स र नयाँ ब्याट्रीको खरिदमा डिस्काउन्ट भौचर उपलब्ध गराएको थियो । सहभागी ग्राहकलाई जाडो मौसममा ब्याट्रीमा आउनसक्ने संभावित समस्याका बारेमा जानकारी दिँदै यसको उचित समाधान गर्ने उपायका बारेमा परामर्श समेत प्रदान गरिएको थियो ।
टाटा ग्रिन भारतको प्रख्यात ब्याट्री ब्रान्ड हो । यस ब्याट्रीमा कम्पनीले सर्बाधिक धेरै वारेन्टि दिँदै आएको छ । उच्च पर्फमेन्स, उच्च क्र्यांकिङ पावर र भाइ्रब्रेसन प्रतिरोधी क्षमता जस्ता विशेषताका कारण यो ब्याट्री नेपाली परिवेशका लागी उपयुक्त हुने बताइएको छ । साथै, लिक प्रुफ डिजाइनका कारण यसले लामो समयसम्म कार्य सम्पादन गर्न सक्ने दाबी गरिएको छ ।
गुणस्तरमा अब्बल टाटा ग्रिन ब्याट्रीलाई भारतका प्राय सबैजसो टु–ह्विलर र फोर–ह्विलर उत्पादकले आफ्नो सवारीसाधनमा निर्धक्क प्रयोग गर्न सिफारिस गरेका छन् । लक्ष्मी ग्रुपले बिक्री गर्दै आएको यो ब्याट्री पछिल्लो समय नेपाली बजारमा समेत लोकप्रिय बनिरहेको छ । नेपालका बिभिन्न स्थानमा सर्भिस नेटवर्क विस्तार गरी बिक्री पछिको सेवा प्रदान गर्दै आएको लक्ष्मी अटोकम्पका सेल्स हेड उमेश घिमिरेले बताए ।

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...