युरोपेली कारका तुलनामा चिनियाँ कारमा टचस्क्रिनको बढी प्रयोगले चालकको ध्यान भंग हुने जोखिम
चिनियाँ ब्रान्डका कारमा अत्यधिक टचस्क्रिनको प्रयोगले चालकको ध्यान भंग...
भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ अन्तर्गतको कम्पोनेन्ट्स शोमा एटीएस एल्गी कम्पनीले क्र्यास रिपेयर सिस्टम सहितको अटो रोबोट सार्वजनिक गरेको छ ।
दुर्घटनामा परेर क्षति भएको सवारी साधनलाई सो उपकरणमा राखेर अटोमेटिक तरिकाले मर्मत गर्न सकिन्छ । यसमा भएका सेन्सर र विभिन्न उपकरणले सवारी साधनमा भएका क्षतियुक्त भागलाई उपयुक्त तरिकाले पहिलेकै अवस्थामा ल्याउन सहयोग गर्ने एटीएस एल्गीका म्यानेजिङ डाइरेक्टर प्रवीन तिवारीले नेपाल अटोलाई बताए ।
एटीएस एल्गीले यो वाहेक टचलेस एलाइनर र ईभीका लागि आवश्यक विभिन्न उत्पादन समेत सार्वजनिक गरेको छ ।
नेपाली बजारमा समेत यी सबै उपकरण बिक्रीका लागि उपलब्ध हुने एटीएस एल्गीको नेपालका लागि आधिकारिक वितरक हिट्को प्रालिका अध्यक्ष प्रदीपमान प्रधानले बताए ।
अटोमोवाइल प्रविधिमा आएको परिवर्तनसँगै एटीएस एल्गीले आफ्ना उत्पादनलाई पनि स्तरोन्नति गर्दै लगेको छ । नयाँ प्रविधिका सवारी साधनको मर्मतसम्भारमा नयाँ र विशेष फिचरयुक्त उपकरण प्रयोग गर्नुपर्ने हुन्छ । सोही विषयलाई मध्यनजर गर्दै कम्पनीले आफ्नो उत्पादनमा समयसापेक्ष परिवर्तन गर्दै लगेको छ ।
एटीएस एल्गीसँग हाल सवै प्रकारका अत्याधुनिक पोष्ट, पेन्ट वुथ, ह्विल अलाइनर, ब्यालेन्सर, टायर चेन्जर, एसी रिकभरी, अटोमेटिक कार वासर र अन्डर बडी वासिङ किट लगायतका उपकरण उपलब्ध छन् । पछिल्लो समय अटोबजार इलेक्ट्रिक भेइकलमा सिफ्ट भएसँगै कम्पनीले ईभीकै लागि भनेर विशेष प्रकारका उपकरण र अन्य सामग्रीको उत्पादन समेत गरिरहेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...