ब्लू स्ट्रिक्सका च्याप्टर लिडरलाई यामाहाको विशेष रोड मार्शल प्रशिक्षण

काठमाडौं – ब्लु स्ट्रिक्स च्याप्टर लिडर अनबोर्डिङ इभेन्टको सफलतापछि यामाहाले आफ्नो वितरक एमएडब्लू राइड्स मार्फत् नेपालभरका आफ्ना च्याप्टर लिडरहरूका लागि आधारभूत रोड मार्शल तालिम सम्पन्न गरेको छ । यामाहा ब्लू स्ट्रिक्सका लिडरहरूलाई सुरक्षित र व्यवस्थित टुरिङ र सामूहिक सवारीको नेतृत्व गर्न आवश्यक सीपहरू प्रदान गर्ने महत्त्वपूर्ण कदमको रूपमा तालिम सम्पन्न गरिएको हो ।

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को तालिम तथा मार्शल आयोगद्वारा सञ्चालित उक्त तालिम सडक सुरक्षा, सामूहिक सवारी व्यवस्थापन र प्रभावकारी सञ्चारका आधारभूत कुरामा केन्द्रित रहेको थियो । यामाहाको राइडर समुदायमा जिम्मेवारी र सुरक्षाको संस्कृतिलाई बढावा दिँदै सहज र सुरक्षित सवारी सुनिश्चित गर्न व्यावहारिक अन्तर्दृष्टि समेत प्रदान गर्नु उक्त कार्यक्रमको उद्देश्य रहेको थियो ।

कार्यक्रममा सुर्खेत, इटहरी, काठमाडौं (पेप्सीकोला, महाराजगञ्ज, कलङ्की), भक्तपुर, सिन्धुली, पोखरा लगायत क्षेत्रका यामाहा ब्लु स्ट्रिक्सका लिडरहरुको सहभागिता रहेको थियो ।

एमएडब्लू राइड्सका कार्यकारी निर्देशक र प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले यस पहलको बारेमा आफ्नो विचार व्यक्त गर्दै भने,‘नेतृत्व भनेको मार्गदर्शन मात्र होइन, यो जिम्मेवारी पनि हो । हाम्रा ब्लु स्ट्रिक्स लिडरहरूलाई ज्ञान र सीपहरूद्वारा सशक्त बनाउने यामाहाको प्रतिबद्धता अनुरुप यो तालिम संचालन गरिएको हो । वहाँहरूले आत्मविश्वासका साथ र सुरक्षित रूपमा सवारीको नेतृत्व गर्न आवश्यक छ । हामी एक यस्तो संस्कृति सिर्जना गर्दैछौं जहाँ सवारीको लागि जुनून र उच्चतम सुरक्षा मापदण्ड सँगसँगै हुन्छ ।’

ब्लू स्ट्रीक्स यामाहा नेपाल अन्तर्गतको एक राइडर कम्युनिटी पहल हो, जसको उद्देश्य यामाहा राइडरबीच सार्थक सम्बन्ध सिर्जना गर्नु रहेको छ । कार्यक्रमले सवारीचालक सुरक्षा, सामुदायिक संलग्नता र नेतृत्व विकासमा जोड दिंदै आएको छ भने उत्साहीहरूलाई क्षेत्रीय च्याप्टरहरूको नेतृत्व गर्न र यामाहाको सद्भाव र साहसिक भावनालाई पनि बढावा दिँदै आएको छ ।

सम्बन्धित समाचारहरू

प्रिमियम लुकसहित यामाहा एक्सएसआर १५५ नयाँ मेटालिक ब्ल्याक कलरमा उपलब्ध

प्रिमियम लुकसहित यामाहा एक्सएसआर १५५ नयाँ मेटालिक ब्ल्याक कलरमा उपलब्ध

यामाहाले आफ्नो लोकप्रिय मोटरसाइकल यामाहा एक्सएसआर १५५ का लागि नयाँ...

विशेष सुविधायुक्त यामाहाको नयाँ बाइक आर१५एम अब नेपाली बजारमा

विशेष सुविधायुक्त यामाहाको नयाँ बाइक आर१५एम अब नेपाली बजारमा

काठमाडौँ— यामाहाको सुविधासम्पन्न बाइक आर१५एम हिजोबाट आधिकारिक रूपमा...

यामाहा रे जेडआर स्ट्रिट -याली १२५ ले दियो ७०.९३ किमी माइलेज, ३ वर्षमा १ लाख बच्ने दावी

यामाहा रे जेडआर स्ट्रिट -याली १२५ ले दियो ७०.९३ किमी माइलेज, ३ वर्षमा १ लाख बच्ने दावी

काठमाडौं – यामाहाको लोकप्रिय स्कुटर रे जेडआर स्ट्रिट -याली १२५ एफआईले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...