एक वर्षमा हिरो इलेक्ट्रिकले वेच्यो १ लाख युनिट इलेक्ट्रिक स्कुटर
भारतको सवैभन्दा पुरानो र ठूलो इलेक्ट्रिक टु ह्विलर निर्माता हिरो...
काठमाडौं–केईले नेपाल ल्याएको नयाँ ईभी ई–क्युट०४ ग्राहकलाई हस्तान्तरण गरिएको छ । बिहिबार एक कार्यक्रम आयोजना गरी लक्ष्मी ई–मोबिलिटी र जिओ अटोमोबाइल्सले ३० वटा गाडी हस्तान्तरण गरेका हुन् । यी दुबै कम्पनी केईको नेपालका लागि आधिकारिक वितरक हुन् ।
अर्बान कम्युटरलाई लक्षित गरी निर्माण गरिएको मिनी ईभी ई–क्युट०४ ले ईन्ट्रि लेबल ईभी पारखीलाई आकर्षित गर्दै आएको कम्पनीले जनाएको छ । यो नयाँ कारमा सिएटिएलले उत्पादन गरेको २८.०८ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री जडान गरिएको छ ।

जसलाई एकपटक फुल चार्ज गर्दा ३०० किलोमिटर रेन्ज पाइने दावी गरिएको छ । साथै कारमा ४० किलोवाट क्षमताको पिएमएसएम मोटर जडान गरिएको छ । ११० एनएम टर्क जेनेरेट गर्ने यस कारले फास्ट चार्जर समेत सपोर्ट गर्ने जनाइएको छ ।
कारको ग्राउन्ड क्लिरियन्स १६५ एमएम छ भने बुट स्पेस २३७ लिटर छ । साथै यसमा सेन्ट्रल एलसिडी टचस्क्रिन, ब्लुटुथ कनेक्टिभिटी, एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, किलेस इन्ट्रि, वन–टच स्टार्ट, इलेक्ट्रिक डोर ह्यान्डल, एड्भान्स इनर्जी रिकोभरी सिस्टम र ६ वटा स्पिकर समेत पाउन सकिन्छ ।
सुरक्षाका लागि कारमा एबिएस, ईबिडी, एएसआर, टिसिएस, डुअल एयरब्याग र टायर प्रेसर मोनिटरिङ सिस्टम लगायत थुप्रै फिचर दिइएको छ । लक्ष्मी ई–मोबिलिटी र जिओ अटोमोबाइल्सले यसको सुरुवाती मुल्य २४ लाख ९६ हजार रुपैयाँ निर्धारण गरेको छ ।
भारतको सवैभन्दा पुरानो र ठूलो इलेक्ट्रिक टु ह्विलर निर्माता हिरो...
काठमाडौँ – ललितपुर महानगरपालिकाले ‘फोसिल फ्युल’ मुक्त शहर बनाउने नीति...
कोमाकीले आफ्नो भेनिस इलेक्ट्रिक स्कुटरको अपडेट भर्सन सार्वजनिक गरेकाे छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...