शुक्रबार धनगढीमा बजाज प्लाटिनाको माइलेज च्याम्पियन हुने

कैलालीको धनगढीमा आगामी पुष ५ गते ‘बजाज माइलेज च्याम्पियन’ हुने भएको छ । बजाज कम्पनीको प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न माइलेज च्याम्पियनको आयोजना गर्न लागिएको हो । धनगढीको चटकपुर चोक अन्तगर्त ट्रक व्यवसाय भवनमा आगामी शुक्रबार यो कार्यक्रम गरिने कम्पनीले जनाएको छ ।

कार्यक्रमले बजाज प्लाटिनाको इन्धन बचत रभरपर्दो विशेषताहरूलाई झल्काउनुका साथै चालकबिच मैत्रीपूर्ण प्रतिस्पर्धाको भावना प्रवद्र्धन गर्ने विश्वास आयोजकले लिएको छ ।

कार्यक्रममा जो कोही मोटरसाइकल चालकहरुले सहभागीता जनाउँन सक्ने बताइएको छ । माइलेज च्याम्पियनमा सहभागी चालकले तोकिएको इन्धन मात्रामा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्यसहित प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रमले बजाज प्लाटिनाको इन्धन दक्षता र विश्वासनीयतालाई उजागर गर्ने कम्पनीको दाबी छ ।

बजाजका अन्य मोडलको तुलनमा प्लाटिना मोटरसाइकल अधिकतम माइलेज दिने मोटरसाइकलमा पर्दछ । पछिल्लो समय पेट्रोलियम पदार्थको मुल्य वृद्धि भएसँगै आम ग्राहकवर्गमा यो मोटरसाइकल लोकप्रिय बन्दै गएको कम्पनी भनाई छ ।

बाइकमा उपलब्ध फिचर र माइलेजबारे जानकारी दिन यस च्याम्पियनको आयोजना गरिएको बजाजका एरिया सेल्स म्यानेजर रबिन खत्रीले बताए । माइलेज च्याम्पियनमा सहभागी उत्कृष्टलाई पुरस्कृत पनि गरिने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

पहिलो पटक कोरला पुग्यो बजाज चेतक इलेक्ट्रिक स्कुटर

पहिलो पटक कोरला पुग्यो बजाज चेतक इलेक्ट्रिक स्कुटर

काठमाडौँ – विद्युतीय सवारी साधनका पारखी धिरेन मान श्रेष्ठले हालै बजाज...

दशैमा कुन बाइक किन्ने ? टीभीएस, यामाहा वा बजाज ? यस्ता छन् अफर

दशैमा कुन बाइक किन्ने ? टीभीएस, यामाहा वा बजाज ? यस्ता छन् अफर

फेस्टिभल सिजनको सुरुवात भएसँगै अहिले विभिन्न कम्पनीहरुले धमाधम स्किम तथा...

पहिलो सीएनजी बाइक लन्च गर्ने तयारीमा बजाज

पहिलो सीएनजी बाइक लन्च गर्ने तयारीमा बजाज

बजाज अटोले जुन १८, २०२४ मा विश्वको पहिलो सीएनजी मोटरसाइकल लन्च गर्ने तयारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...