नयाँ रेनो डस्टर २०२५ मार्चमा ग्लोबल लन्च गरिने, भयो सार्वजनिक

रेनोले पहिलो पटक आफ्नो आगामी कार नयाँ डस्टर सार्वजनिक गरेको छ । कम्पनीले दक्षिण अफ्रिकामा आयोजित एक कार्यक्रममा नयाँ रेनो डस्टर ल्याएको हो । नयाँ डस्टर मार्च २०२५ मा दक्षिण अफ्रिकामा लन्च हुनेछ।

नयाँ पुस्ताको डस्टरको डिजाइन नयाँ ड्यासिया डस्टरसँग मिल्दोजुल्दो छ । यसमा ड्यासियाको सट्टा फ्रन्ट ग्रिलमा रेनोको ब्याज दिइएको छ । यद्यपि यसको हेडल्याम्प, क्ल्याडिङ, साइड प्रोफाइल र टेलल्याम्प ड्यासियासँग मिल्दोजुल्दो छ । नयाँ रेनो डस्टरमा राइट ह्यान्ड ड्राइभ संस्करणको इन्टेरियर लेआउट र प्रविधि दिइएको छ । यो भारतमा उपलब्ध पुरानो डस्टरको तुलनामा फरक देखिन्छ ।

नयाँ रेनो डस्टरमा १.० लिटर टर्बो पेट्रोल, १.२ लिटर पेट्रोल हाइब्रिड र १.६ लिटर पेट्रोल हाइब्रिड इन्जिन रहेको छ । सो इन्जिनका साथै नयाँ डस्टरमा म्यानुअल र अटोमेटिक ट्रान्समिसनको विकल्प पनि हुनेछ ।

रेनो डस्टर सन् २०१२ मा भारतीय बजारमा ल्याइएको थियो । तर नयाँ उत्सर्जन मापदण्ड पूरा नगर्दा यसको बिक्रीमा कमी आयो र सन् २०२२ मा भारतमा यसलाई बन्द गरिएको थियो । यद्यपि कम्पनीले फेरि एकपटक डस्टरलाई भारतमा ल्याउने भएको छ । तर, कम्पनीले नयाँ डस्टर भारतमा लन्च गर्ने वा नगर्ने भन्ने पुष्टि गरेको छैन ।

भारतीय बजारमा नयाँ रेनो डस्टर लन्च भएमा यसको मूल्य करिब १४ लाखदेखि १८ लाख भारुसम्म हुने अनुमान गरिएको छ ।

नेपाली बजारमा पनि यसको बिक्री भएको थियो । अब अपडेट भएर आउने नयाँ रेनो डस्टर नेपाली बजारमा पनि आउने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

रेनो बोरियल ७-सिटर एसयूभी भारतमा ल्याउने तयारी, टाटा र महिन्द्रासँग प्रतिस्पर्धा हुने

रेनो बोरियल ७-सिटर एसयूभी भारतमा ल्याउने तयारी, टाटा र महिन्द्रासँग प्रतिस्पर्धा हुने

रेनोले भारतीय बजारमा नयाँ ७-सिटर एसयूभी बोरियल ल्याउने तयारी गरिरहेको छ।...

रेनो डस्टरको पुनरागमन, हाइब्रिडसहित दमदार फिचर

रेनो डस्टरको पुनरागमन, हाइब्रिडसहित दमदार फिचर

रेनो इन्डियाले आफ्नो लोकप्रिय एसयूभी रेनो डस्टरको तेस्रो जेनेरेसन मोडल...

रेनो काइगरको खुल्यो बुकिङ, २८ लाख ४९ हजार मूल्यका साथ नेपालकै सबैभन्दा सस्तो एसयूभी बन्दै

रेनो काइगरको खुल्यो बुकिङ, २८ लाख ४९ हजार मूल्यका साथ नेपालकै सबैभन्दा सस्तो एसयूभी बन्दै

काठमाडौं – नेपाली बजारमा बहुप्रतीक्षित एसयूभी रेनो काइगरको बुकिङ खुलेको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...