जेएसडब्लू मोटर्सले अत्याधुनिक प्रविधिसहितको प्लग-इन हाइब्रिड एसयूभी जेटुर टी२ ल्याउँदै
जेएसडब्लू मोटर्सले आफ्नो पहिलो प्रिमियम एसयूभी जेटुर टी२ ल्याउने तयारी...
चिनियाँ अटो निर्माता चेरीले वर्ष २०२४ को १० मिहनामा १० लाख यूनिट कार निर्यात गरेको दाबी गरेको छ । चेरीले जनवरीदेखी अक्टोबरसम्म कुल १० लाख कार अन्तराष्ट्रिय बजारमा निर्यात गरेको हो । जुन हालसम्मकै सर्बाधिक संख्या भएको दाबी गरिएको छ ।
चेरीको रेकर्ड ब्रेक दाबीलाई चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफेक्चररले समेत पुष्टि गरेको छ । सो संस्थाका अनुसार जनवरीदेखी अक्टोबरसम्म चीनबाट कुल ४१ लाख कार निर्यात भएकोमा ९ लाख ४० हजार यूनिट चेरिले मात्रै निर्यात गरेको हो । सो अबधीमा चीनबाट निर्यात हुने प्रत्येक ४ कारमा एउटा चेरी ब्रान्ड हुने गरेको उक्त संस्थाको भनाई छ ।
चेरीले हालसम्म ४३ लाख युनिट कार निर्यात गरी चिनको सर्बाधिक निर्यात हुने ब्रान्डका रुपमा आफूलाई स्थापित गराएको छ । चीनका कुनै पनि ब्रान्डले हालसम्म ४० लाख कार निर्यात गर्न नसकेको उल्लेख गरिएको छ । चेरीको निर्यातामा सबैभन्दा ठूलो हिस्सा ब्रान्डको टिग्गो७, टिग्गो८, जेटुर ट्राभलर र जेटुर एक्स७० ले ओगटेको कम्पनी भनाई छ ।
चेरीका कार नेपाली बजारम समेत उपब्ध रहँदै आएको छ । नेपालका लागि आधिकारिक वितरक शारडा गु्रुपले चेरी सहित सोहि ब्रान्ड अन्तर्गतको ओमोडा र जेको ईभी बिक्री गर्दै आएको हो । ओमोडा र जेको अहिले ईभी बजारमा लोकप्रिय वनिरहेका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...