नयाँ डिजायरले पायो सेफ्टी टेष्टमा ५ स्टार रेटिङ, तीन दिनपछि लन्च हुँदै

मारुती सुजुकिको नयाँ डिजायरले सेफ्टी टेष्टमा ५ स्टार रेटिङ हात पारेको छ । ११ नोभेम्वरमा लन्च हुन लागेको सो कम्प्याक्ट सेडानले एडल्ट प्रोटेक्नसमा ५ स्टार र चाइल्ड प्रोटेक्सनमा ४ स्टार रेटिङ पाएको हो ।

सेफ्टी टेष्टमा निकै कमजोर रेटिङ पाएको भन्दै आलोचना खेप्नुपरेको मारुती सुजुकीलाई नयाँ डिजायरको नतिजाले उत्साहित बनाएको छ । डिजायरको तेस्रो जेनेरेशनले यसअघि जम्मा २ स्टार रेटिङमात्रै पाएको थियो ।

चौथो जेनेरेशन डिजायरको एक्सटेरियर पूर्ण रूपमा नयाँ रहेको छ । यसमा तेर्सो स्ल्याट्स र शार्प एलईडी हेडल्याम्पसहितको ठूलो फ्रन्ट ग्रिल छ । पछाडिको भागमा वाई आकारको इन्टर्नलसहित –याप राउन्ड टेल लाइटहरू राखिएको छ ।

कारको इन्टेरियरमा ३–स्पोक स्टेयरिङ ह्वील र केन्द्रमा फ्लोटिंग टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली दिइएको छ । कारमा परम्परागत ट्विन–डायल इन्स्ट्रुमेन्ट क्लस्टर रहेको देखिन्छ । यसैगरी, ओराभिएम सहितको एकीकृत टर्न सिग्नलहरू, शार्क फिन एन्टेना र डुअल–टोन एलोय ह्वीलहरू समाबेश छन् । साथै यसको टप भेरिएन्टमा सिंगल प्यानल सनरुफ राखिएको छ ।

नयाँ मारुती डिजायर १.२ लिटर जेड सिरिज इन्जिनद्वारा संचालित हुनेछ । नयाँ ३ सिलिन्डर इन्जिनले ८० बीएचपी र ११२ एनएम पावर उत्पादन गर्ने जनाइएको छ भने इन्जिन ५ स्पीड म्यानुअल वा एएमटीसँग जोडिएको हुनेछ । यो कार फ्याक्ट्री फिटेड सीएनजी विकल्पमा पनि उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

सबैभन्दा धेरै बिक्री हुने भ्यान ११ वर्षपछि नयाँ भर्सनमा आउँदै

सबैभन्दा धेरै बिक्री हुने भ्यान ११ वर्षपछि नयाँ भर्सनमा आउँदै

भारतको सबैभन्दा ठूलो अटो निर्माता कम्पनी मारुती सुजुकी इन्डिया लिमिटेडले...

सुजुकी मोटरसाइकलको भारतमा २० वर्ष यात्रा पुरा, १ करोड युनिट उत्पादन

सुजुकी मोटरसाइकलको भारतमा २० वर्ष यात्रा पुरा, १ करोड युनिट उत्पादन

सुजुकी मोटरसाइकल इन्डियाले भारतमा उत्पादन सुरु गरेको २ दशक पुरा भएको छ ।...

सनरुफ, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ र उत्कृष्ट फिचरले सुसज्जित भएर आउँदै छ ब्रेजा

सनरुफ, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ र उत्कृष्ट फिचरले सुसज्जित भएर आउँदै छ ब्रेजा

नेपाली बजारमा समेत लोकप्रिय मानिएको सुजुकीको भिटारा ब्रेजा अब थप फिचर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...