सवारीमा युरो ६ लागू गर्ने प्रस्ताव मन्त्रिपरिषदमा
काठमाडौँ — मुलुकमा आयात हुने सवारीसाधनमा युरो–६ (बीएस–६) मापदण्ड लागू...
काठमाडौँ - उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले फेरि ‘नो हर्न’ अभियान सुरू गरेको छ। केहि दिन यता काठमाडौँका चोक चोकमा ‘नो हर्न’ लेखिएका ‘प्ले कार्ड’ सहित ट्राफिक प्रहरी सवारी चालकको नजिकै गएर अनावश्यक हर्नको प्रयोग नगर्न अनुरोध गरिरहेको छ । पछिल्लो समय ट्राफिक प्रहरीले थप सक्रिए भएर सवारी साधनबाट हुने ध्वनी प्रदूषण कम गर्न ‘नो हर्न’ अभियानलाई कडाई गर्दै कारवाहिको साथै सचेतना जगाउने काम गर्दै आएको छ ।
काठमाडौँ उपत्यकामा २०७४ वैशाख १ गतेदेखि ‘हर्न निषेधित क्षेत्र’ घोषणा गरेको थियो । “नो हर्न” लाई अभियानकै रूपमा संचालन गर्दै जनचेतनामुलक गोष्ठी, कार्यक्रम, सचेतनामुलक पर्चा पम्प्लेट बितरण, नो हर्न स्टिकर टाँस्ने लगायत व्यापक प्रचार पसार गरि हर्नको अनावश्यक प्रयोगमा कमी ल्याएको थियो । सुरुआती दिनमा ‘नो हर्न’ अभियान प्रभावकारी भए पनि क्रमश हर्नको प्रयोगमा केहि वृद्धि भए पश्चात अहिले ट्राफिक प्रहरीले कडाईका साथ कारवाहि समेत गर्दै आएको छ ।
सवारी तथा यातायात व्यबस्था ऐन २०४९ ले समेत ध्वनी संकेत दिन निषेध गरेको स्थानमा ध्वनी संकेत दिएमा वा बजाएमा ट्राफिक नियम उल्लंघन हुने स्पष्ट व्यबस्था छ । कानूनी व्यबस्था हुँदा हुँदै पनि कतिपय चालकहरुले लापरवाहि गरि वा ध्वनी प्रदुषणको असर बारेमा चेतनाको अभावले आम नागरिक वर्षौं देखि सवारी साधनहरुले उत्पन्न गर्ने कर्कस ध्वनि प्रदूषणको सिकार हुनुपरेको छ ।
अनावश्यक हर्न बजाएर उत्पन्न हुने ध्वनी प्रदुषणलाई कम गर्न कडाईका साथ प्रस्तुत हुँदै आएको काठमाडाैँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले जानकारी दिए । काठमाडौँ उपत्यकामा गुड्ने करिव १५ लाख सवारी साधनहरुबाट निस्किने धुवाँ सँगै ध्वनीको प्रदुषणको कारण जनस्वास्थ्यमा ठुलो असर गरेको छ जसको प्रत्यक्ष मारमा स्वयंम ट्राफिक प्रहरी रहने गरेको डिआजी बोहराले प्रष्ट्याए ।
गत आ.व.०८०/०८१ मा अनाबश्यक रुपमा हर्नको प्रयोग गर्ने १० हजार १२३ सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ भने यस बर्ष मात्र १३ हजार तीन सवारी साधनलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । यहि कार्तिक १ गतेदेखि ट्राफिक प्रहरीले हर्न निषेधलाई थप कडाई गर्दै चोक जक्सनमा नो हर्न प्ले कार्ड सहित सचेतना अभिबृद्धि गर्ने कार्य गर्दै आएको छ । त्यस यता ९६६ जना अनावश्यक हर्नको प्रयोग गरेको कसुरमा कारबाही गरेको छ ।
काठमाडौँ — मुलुकमा आयात हुने सवारीसाधनमा युरो–६ (बीएस–६) मापदण्ड लागू...
काठमाडौं- नोक्सानी थेग्नै नसक्ने भएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थ...
आजका युवामाझ सवारी साधनलाई “आफ्नो पहिचान” बनाउने नाममा अनावश्यक रूपमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...