अटोमोबाइल क्षेत्रका अनुभवी पौडेलले पाए एफएनसीसीआईको यातायात तथा पारवहन समितिमा जिम्मेवारी
काठमाडौं–अटोमोबाइल व्यवसायमा लामो समयदेखि सक्रिय मेघराज पौडेललाई नेपाल...
हालै सम्पन्न अटो शोमा हामीले प्रिमियम टु ह्विलर ब्रान्ड सिएफ मोटोको एमटी ४५० र सोही कम्पनी अन्तर्गतको इलेक्ट्रिक स्कुटर जिहोको एई ४ लन्च गरेका थियौँ । हामीले लन्च गरेको नयाँ स्कुटर एविएस र नन् एबिएस भर्सनमा उपलब्ध छ । यी दुईवटै बाइकमा दर्शकको आकर्षण निकै राम्रो रह्यो ।
एमटी ४५० को कुरा गर्नुपर्दा यो मोटरसाइकल ५ महिना अघिमात्र फिलिपिन्स्मा पहिलोपटक लन्च भएको हो । अन्तर्राष्ट्रिय बजारमा लन्च भएलगत्तै यो नयाँ मोटरसाइकल नेपाल नआउँदै २५ युनिट बुकिङ भएको थियो । नाडाको पहिलो दिनमा थप बुकिङ लिएर हामीले यसको पहिलो लटका लागि बुकिङ क्लोज गरेका छौं भने दोस्रो लट अक्टोबरमा डेलिभरी दिने गरी पुनः बुकिङ खुलाएका छौ ।
सिएफ मोटो एमटी ४५० मा ४४९.५ सीसीको बलियो, लिक्विड कुल्ड, प्यारलल–ट्विन अथवा डुअल सिलिन्डर इन्जिन जडान गरिएको छ, जसले ४४ एचपी पावर र ४४ एनएम टर्क जेनेरेट गर्छ । सीएफमोटोले ४५० एमटीलाई सुरक्षा र सुविधाका उत्कृष्ट सुविधाहरूले सुसज्जित गरेको छ । बाइकमा पूर्ण रूपमा डिजिटल ६ इन्च फराकिलो टीएफटी डिस्प्ले छ । मोटरसाइकलमा आकर्षक डिजाइन र कार्यक्षमताको उत्कृष्ट संयोजन रहेको छ ।
यसमा बोस ट्र्याक्सन कन्ट्रोल सिस्टम, फोल्डेबल रियर–भ्यू मिरर्स, एडजस्ट गर्न मिल्ने विन्डशिल्ड र केवाईबी सस्पेन्सन रहेको छ । बाइकमा एर्गोनोमिकली डिजाइन गरिएको सिट छ । बाइकको विन्डस्क्रिनले हावाको प्रतिरोध घटाएर लामो यात्रामा थकान निकै नै कम गर्छ । १७ लिटरको ठूलो फ्युल ट्यांकले रिफ्युलिङ बिना नै लामो दूरी यात्रा गर्न सम्भव बनाउँछ ।
बाइकको २२० एमएम ग्राउन्ड क्लियरेन्सका साथै फ्रन्ट टायरको टेलिस्कोपिक फोर्क र पछाडिको टायरको मोनोशकले जस्तोसुकै भूभागमा पनि आरामदायी यात्रा सुनिश्चित गर्छ । एड्भेन्चर सेग्मेन्टमा सबैभन्दा पावरफुल मोटरसाइकल भएपनि हामीले यसको मूल्य जम्मा १२ लाख ५० हजार रुपैयाँ मात्र कायम गरेका छौ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...