नेपाल भित्रियो चेरीको नयाँ ईभी आईकार भी२३, देशव्यापी डेलिभरीका लागि तयार
काठमाडौं – चिनियाँ अटो निर्माता कम्पनी चेरीको नयाँ इलेक्ट्रिक एसयूभी...
मारुती सुजुकी इन्डिया लिमिटेडले अर्को वर्ष जनवरी १७ देखि हुने भारत मोबिलिटी एक्सपो २०२५ मा आफ्नो पहिलो इलेक्ट्रिक कार ईभीएक्सको उत्पादन मोडल लन्च गर्ने भएको छ ।
मारुतीले पहिलो पटक २०२३ अटो एक्सपोमा ईभीएक्सको कन्सेप्ट मोडल सार्वजनिक गरेको थियो । यसले टाटा कर्भ ईभी, एमजी जेडएस ईभी र आगामी हुन्डाई क्रेटा ईभीसँग प्रतिस्पर्धा गर्नेछ ।
परीक्षणको क्रममा देखिएको ईभीएक्स एसयूभीमा वाई आकारको एलईडी डीआरएल, क्लोज्ड अफ ग्रिल, फ्लस टाइप डोर ह्यान्डल र कनेक्टेड टेल लाइट हुनेछ । ईभीएक्सको क्याबिनमा नयाँ कारमा जस्तै ड्युअल इन्टिग्रेटेड स्क्रिन रहेको फ्युचरिस्टिक डिजाइन हुनेछ ।
ईभीएक्समा ६० किलोवाट ब्याट्री प्याक र एक इलेक्ट्रिक मोटर प्रदान गरिनेछ । सो कारले एकपटक फुल चार्ज गरेपछि ५५० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज दिने कम्पनीको दाबी छ । यद्यपि यसमा ४०० किलोमिटरको रेन्ज भएको सानो ब्याट्री प्याक पनि हुन सक्नेछ ।
मारुती सुजुकीले सन् २०३० सम्ममा ६ वटा इलेक्ट्रिक कार लन्च गर्ने योजना बनाएको छ । यद्यपी कम्पनीले आफ्नो कुनै पनि कारलाई इलेक्ट्रिक भर्सनमा परिवर्तन गर्ने योजना नरहेको जनाएको छ ।
काठमाडौं – चिनियाँ अटो निर्माता कम्पनी चेरीको नयाँ इलेक्ट्रिक एसयूभी...
काठमाडौं–नेपालमा विद्युतीय कार (ईभी) को आयात बढ्दै गएको छ । चालु आर्थिक...
चीनमा बीवाईडी सबैभन्दा ठूलो अटोमोटिभ ग्रुप बन्न सफल भएको छ । यो भन्दा पहिले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...