नेपालमा जिकर गाडी वितरणका लागि जिकर र पायोनियर मोटो कर्पबीच सम्झौता

काठमाडौं – चीनको अग्रणी अटोमोबाइल निर्माता गिली ग्रुप अन्तर्गतको प्रिमियम लक्जरी ईभी ब्रान्ड जिकरले नेपालमा जिकरका गाडीहरू वितरणका लागि नेपालको अग्रणी अटोमोबाइल वितरक पायोनियर मोटोकर्प प्रालिसँग औपचारिक सम्झौता सम्पन्न गरेको छ ।

यस सम्बन्धी हस्ताक्षर समारोह चीनको हाङजोउमा गत भदौ ५ मा सम्पन्न भएको पायोनियर मोटोकर्पले जानकारी दिएको छ । हस्ताक्षर समारोहमा निर्माता पक्षबाट जिकर युरोएसियाका महाप्रबन्धक जेफ काओ, जिकर साउथका क्षेत्रीय निर्देशक फेलिक्स हु र जिकर युरो एसियाका क्षेत्रीय मार्केटिङ निर्देशक रान्डोल लेङ उपस्थित थिए । नेपालबाट पायोनियर मोटोकर्प प्रालिको प्रतिनिधित्व गर्दै प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा र निर्देशक गौरव शारडा उपस्थित थिए ।

सम्झौता समारोहको सुरुवातमा पायोनियर मोटोकर्प र जिकर दुवै कम्पनीका प्रतिनिधिद्वारा आपसी सम्मान र साझा दृष्टिकोणलाई उजागर गर्ने स्वागत मन्तव्य राखिएका थिए । साथै दुई कम्पनीबिच आपसी सहकार्यद्वारा विद्युतीय प्रविधि तथा गाडीको प्रबर्द्धन गर्ने प्रतिबद्धतासहित नेपालमा वितरणका लागि सम्झौतामा औपचारिक हस्ताक्षर गरिएको थियो ।

अटोमोटिभ तथा मोबिलिटी क्षेत्रमा एक नयाँ अध्याय र एक महत्वपूर्ण अलायन्स सुरुवातको उत्सवस्वरूप ‘स्याम्पेन टोस्ट’ सहित समारोहको अन्त्य गरिएको थियो । यस सहकार्यसँगै नेपाली ईभी पारखी तथा ग्राहकहरूले नेपाल लक्षित उत्कृष्ट मूल्य र गुणस्तरीय सेवासहित अत्याधुनिक गाडी खरिद गर्न र अनुभव लिन सक्ने कम्पनीको भनाइ छ ।

पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडाले चीनको प्रिमियम ईभी ब्रान्ड जिकरको नेपालका लागि एक मात्र वितरक (एक्सक्लुसिभ डिस्ट्रिब्युटर) को रूपमा नियुक्त भएकोमा उत्साहित भएको बताए ।

यस अनुसार आजबाट सुरू भएको नाडा अटो शोको क्रममा जिकरको पहिलो मोडल औपचारिक रूपमा नेपाली ग्राहकसामु ल्याउने जानकारी समेत उनले दिए । यसका लागि कम्पनीको स्टल भिजिट गर्नका लागि ग्राहक महानुभाव तथा सम्पूर्ण ईभी पारखीहरूलाई आमन्त्रण गरेको समेत उनले बताए ।

पायोनियर मोटोकर्पले यही नाडा अटो सो २०२४ मा प्रिमियम अर्वान लक्जरी एसयूभी जिकर एक्स सार्वजनिक गरेको छ । नयाँ जिकर एक्स, परिष्कृत सहरी जीवनशैलीको लागि डिजाइन गरिएको एक कम्प्याक्ट लक्जरी एसयूभी हो । जिकर एक्स नयाँ ठाउँ, नयाँ भूभाग तथा नयाँ वातावरण अनुभव गर्न खोज्ने व्यक्ति तथा परिवारहरूका लागि उत्तम एसयूभी हो ।

सन् २०१४ मा स्थापित पायोनियर मोटोकर्प शारडा ग्रुपको सहायक कम्पनी हो ।

सम्बन्धित समाचारहरू

ग्राहकले पाउन थाले ओमोडा ई५, यस्तो छ फिचर र मूल्य

ग्राहकले पाउन थाले ओमोडा ई५, यस्तो छ फिचर र मूल्य

काठमाडौं – विगत केही समययता प्रतिक्षा गरिँदै आएको इलेक्ट्रिक एसयूभी ओमोडा...

बीवाईडी सर्भिस नेटवर्क विस्तार गर्दै साइमेक्स इंक : दुई अत्याधुनिक सर्भिस सेन्टरको उद्घाटन

बीवाईडी सर्भिस नेटवर्क विस्तार गर्दै साइमेक्स इंक : दुई अत्याधुनिक सर्भिस सेन्टरको उद्घाटन

काठमाडौं – बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले...

यी हुन् ईभी चार्जिङका क्रममा हुने दुर्घटनाबाट बच्न अपनाउनु पर्ने सुरक्षा सावधानी

यी हुन् ईभी चार्जिङका क्रममा हुने दुर्घटनाबाट बच्न अपनाउनु पर्ने सुरक्षा सावधानी

इलेक्ट्रिक कार चार्ज गर्ने क्रममा भारतमा हालै भएको आगलागीले ठुलो मानवीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...