५ वर्षमा ६ लाखभन्दा बढी मेटियर ३५० बिक्री, नेपालमा लोकप्रिय बन्दै
रोयल इनफिल्डले ५ वर्षमा ६ लाख भन्दा बढि मेटियर ३५० बिक्री गरेको घोषणा गरेको...
काठमाडौं– रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा. लि. ले नाडा अटो शो २०२४ मा नयाँ मोडल हिमालयन ४५० लन्च गरेको छ । यो नयाँ मोटरसाइकलको सुरुवाती मूल्य ९ लाख ८९ हजार रुपैँया तोकिएको छ ।
४५२ सीसी इन्जिन र आधुनिक एबीएस प्रणालीले भएको यो मोटरसाइकलले रोयल इन्फिल्डकोे कठोरतालाई आधुनिक प्राविधिक सुधारसहित संयोजन गर्ने कम्पनीले जनाएको छ । रोयल इन्फिल्डले यासमा शक्तिशाली सेर्पा इन्जिन दिएको हो । जसको अधिकतम पावर ४०.२ पिएस र टर्क ४० एनएम छ ।
विभिन्न अवार्ड विजेता हिमालयन प्लेटफर्ममा आधारित यो मोटरसाइकलले विविध भू–भागमा उत्कृष्ट प्रदर्शन र स्थिरता प्रदान गर्दछ । मस्कुलर डिजाइन र उन्नत सस्पेन्सन प्रणालीले सहरका सडक र कष्टकर मार्गहरूमा रोमाञ्चक यात्राको सुनिश्चितता प्रदान गर्दछ ।
नेपालमै एसेम्वल गरिएको यो मोटरसाइकलमा टीएफटी कन्सोल, टर्न वाइ टर्न नेभिगेशन, राइड मोड, स्वीचएवल एबीएस, अफरोड स्पोक ह्वील, स्लीपर एसिस्ट क्लच, यूएसडीरमोनोशक सस्पेन्सन, यूएसबी चार्जिङ पोर्ट लगाएतका फिचर पाउन सकिन्छ ।
हिमालयन ४५० को प्राविधिक विशेषताहरूमा डिजिटल–एनालग इन्स्ट्रयुमेन्ट क्लस्टर, एलईडी लाइटिङ, र सवारीको आरामको लागि उन्नत एर्गोनोमिक्स समावेश छन् । बलियो फ्रेम र उच्च ग्राउन्ड क्लियरेन्स भएको यो मोटरसाइकलले लामो यात्रा र साहसिक यात्रालाई उत्कृष्ट बनाउँछ ।
रोयल इनफिल्डले ५ वर्षमा ६ लाख भन्दा बढि मेटियर ३५० बिक्री गरेको घोषणा गरेको...
रोयल इन्फिल्डले अन्ततः लामो समयपछि आफ्नो क्लासिक ३५० बाइकमा ठुलो अपडेट...
काठमाडौं – रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...