मिसेस नेपाल वर्ल्ड र लुयान नेपाल बीच राइड पार्टनर सम्बन्धी हस्ताक्षर कार्यक्रम सम्पन्न

काठमाडौं मिसेस नेपाल वर्ल्ड र लुयान नेपाल बीच राइड पार्टनर सम्बन्धी हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

आगामी भदौ १५ गते अडिसन राउण्ड हुँदै शुरु हुन लागेको मिसेस नेपाल वर्ल्ड २०२४ को लागि राइड पार्टनरको रुपमा लुयान ब्रान्डको इलेक्ट्रिक स्कुटरको बिक्रेता जीरो इमिसन राइड एनसँग आयोजक रिबन इन्टरटेनमेन्ट प्रालिले हस्ताक्षर गरेको हो ।

लुयान नेपालका प्रबन्ध निर्देशक दुर्वास नगरकोटी र मिसेस नेपालका सिइओ निसु झा बीचमा हस्ताक्षर भएको हो ।

कार्यक्रममा बोल्दै लुयान नेपालका प्रबन्ध निर्देशक नगरकोटीले भने – लुयान नेपाल आफ्नो इलेक्ट्रिक स्कुटरको व्यवसायलाई सवारी साधनको भविष्यको रूपमा अघि बढाउँदै, मिसेस नेपाल वर्ल्ड जस्तो महत्वपूर्ण प्रतियोगितालाई राइड पार्टनरको रुपमा सपोर्ट गर्न पाउँदा अत्यन्त गर्वित र उत्साहित छौं ।

उनले भने - हामी विश्व वातावरणको अनुकुल हुने इलेक्ट्रिक स्कुटर बिक्रेता भएको र आयोजकले पनि विश्व वातावरणमा योगदान पुग्ने गरी आफ्ना प्रतियोगीहरुलाई प्रशिक्षित गर्ने योजना समेत समावेश गरेकोमा हामी त्यसप्रति समर्थन जनाउँदै यो खालको सहयोग गर्ने निर्णय गरेका हौं ।

यस इभेन्टले पछाडि परेका गृहिणी महिलाहरुको क्षमता र दक्षतालाई पहिचान गरी उनीहरूलाई आफ्नो व्यक्तिगत साथै समाज र विश्वकै लागि सकारात्मक योगदान गर्न प्रेरित गर्दछ भन्नेमा विश्वास गर्ने उनले बताए ।

निर्देशक नगरकोटीले अगाडि भने – हाम्रो कम्पनीको सामाजिक उत्तरदायित्वका रुपमा, हामीले सधैं सामुदायिक विकास र सामाजिक न्यायमा विश्वास गरेका छौं । मिसेस नेपाल वर्ल्ड प्रतियोगिता महिलाहरुको सशक्तिकरणमा केन्द्रित एक प्रमुख प्लेटफर्म हो, जसले महिलाहरुको प्रतिभा, आत्मविश्वास, र नेतृत्व क्षमताको विकासका लागि उत्तम अवसर प्रदान गर्नेमा हामी आशावादी छौं ।

कार्यक्रममा मिसेस नेपाल वर्ल्डका आयोजक रिबन इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक आश्विनी झाले वातावरणीय सन्तुलनका लागि लुयान नेपालले गर्न चाहेको योगदान सह्राहनीय भएको उल्लेख गर्दै लुयान नेपालसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।

रिबन इन्टरटेनमेन्टका सिइओ निशु झाले आजको समयमा जीरो इमिसनको म्यासेज समाज र विश्वलाई दिने कार्यमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।

कार्यक्रम लुयान नेपालको मुख्य शोरुम रहेको स्थान नागपोखरीमार्गमा भएको थियो ।

सम्बन्धित समाचारहरू

भिनफास्टका ४ नयाँ इलेक्ट्रिक स्कुटर लन्च, ४५ हजार ब्याट्री स्वाप स्टेशन निर्माणको लक्ष्य

भिनफास्टका ४ नयाँ इलेक्ट्रिक स्कुटर लन्च, ४५ हजार ब्याट्री स्वाप स्टेशन निर्माणको लक्ष्य

भिनफास्टले ४ नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्दै आफ्नो ब्याट्री स्वाप...

विद्युतीय सवारीसाधनमा सर्वसाधारणको आकर्षण बढ्दै, किनबेच र दर्ता ह्वात्तै बढ्यो

विद्युतीय सवारीसाधनमा सर्वसाधारणको आकर्षण बढ्दै, किनबेच र दर्ता ह्वात्तै बढ्यो

काठमाडौँ – प्रदेश राजधानी पोखरासहित गण्डकीका सहरी क्षेत्रमा विद्युतीय...

फियाटले अवार्थ ब्रान्डमा इलेक्ट्रिक कार ल्याउने, अर्को बर्ष लन्च गरिने

फियाटले अवार्थ ब्रान्डमा इलेक्ट्रिक कार ल्याउने, अर्को बर्ष लन्च गरिने

इटालियन अटो निर्माता फियाटले अर्को बर्ष नयाँ इलेक्ट्रिक कार लन्च गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...