तपाई मोटरसाइकल/स्कुटर चलाउनु हुन्छ ? यी १७ कुरामा ध्यान दिनुहोस्

तपाई हामी अधिकांशको यात्रा सहयात्री मोटरसाइकल/स्कुटर नै हो भन्दा सायद अत्युक्ति नहोला । चित्ताकर्षक डिजाइन, उच्चतम गति, मूल्य तथा प्रविधिको कारणले गर्दा यी मोटरसाइकल/स्कुटर लोकप्रिय बनेका हुन् । सडकमा गुड्ने संख्याका आधारमा होस् अथवा सडकमा हुने सवारी दुर्घटनामा संलग्न सवारी साधनको संख्यात्मक रुपमा नै किन नहोस् यी दुबैमा मोटरसाइकल/स्कुटर अग्रपंक्तिमा छ । तसर्थ तपाई हामी मोटरसाइकल/स्कुटरमा यात्राका बखत अझै सम्वेदनशील र गम्भीर हुनुपर्ने देखिन्छ ।

तपाई पनि मोटरसाइकल/स्कुटर चलाउँदा निम्न कुराहरुमा ध्यान दिनुहोस् है ।

  • यात्रामा निस्कनु अगाडि मोटरसाइकल/स्कुटरको अवस्था जस्तै ब्रेक, टायर र हावाको अवस्था, लुकिङ्ग ग्लास, साइडलाइट, हेड लाइट, न्युट्रल लाइट, बीम लाइट, फ्युल मिटर, स्पिडोमिटर, बिभिन्न नट तथा बोल्टहरु, क्लच तथा क्लच तार आदिको राम्रोसँग चेकजाँच गर्नुहोस् ।
  • मोटरसाइकल/स्कुटरको स्ट्याण्ड झारेको/डाउन गरेको छ छैन याद गर्नुहोस् ।
  • मोटरसाइकल/स्कुटरको ब्रेक लगाउँदा (६०–४०) को शुत्रलाई याद गर्नुहोस् अर्थात ब्रेक लगाउँदा पछाडिको ब्रेकमा ६० प्रतिशत तथा अगाडिको ब्रेकमा ४० प्रतिशत बल प्रयोग गर्नुहोस् ।
  • मोटरसाइकल/स्कुटर चलाउँदा दुबै हातले ह्यान्डल राम्रोसँग समात्नुहोस् जसले गर्दा आवश्यक परेको बेलामा सुरक्षित साथ रोक्न तथा नियन्त्रणमा राख्न सकिन्छ ।
  • दुबै घुँडालाई फ्युल ट्यांकी नजिक राख्नुहोस्, जसले मोटरसाइकल सन्तुलित अवस्थामा राख्न सहयोग पुग्छ ।
  • मादक पदार्थ तथा लागु औषध सेवन गरेर मोटरसाइकल/स्कुटर नचलाउनुहोस् ।
  • हतारमा तथा तीव्र गतिमा, अत्यधिक खुसी तथा तनाव र अनिदो अवस्थामा सवारी साधन नचलाउनुहोस् ।
  • सदैव सडकमा ध्यान केन्द्रित गरेर मोटरसाइकल/स्कुटर चलाउनुहोस् ।
  • गुणस्तरीय हेल्मेटको प्रयोग गर्नुहोस र हेल्मेटको फित्ता सधै बाध्नुहोस् । कान दुख्ने गरी साँघुरो तथा हल्लिने गरी खुकुलो हेल्मेटको प्रयोग नगर्नुहोस् ।
  • मोटरसाइकल/स्कुटर चलाउँदा मोबाइल फोनमा कुराकानी नगर्नुहोस्, गर्नै पर्ने भए सडक किनारामा रोकेर मात्र कुराकानी गर्नुहोस् ।
  • आफूभन्दा अगाडिको सवारी साधनसँग ब्रेकिङ डिस्टेन्स अर्थात सुरक्षित दुरी कायम राख्नुहोस् ।
  • अन्य सवारी चालक तथा पैदल यात्रुप्रति आदर भाव राख्नुहोस् ।
  • साइरन बजाउँदै आएको दमकल, एम्बुलेन्स, प्रहरीको सवारी साधनलाई, त्यस्तै शाखा सडकबाट मुख्य सडकतर्फ अगाडि बढ्दा मुख्य सडकमा चलिरहेको सवारी साधनलाई प्राथमिकता दिने बानी बसाल्नुहोस् ।
  • दाँया वा बायाँ मोड्दा पछाडिको चालकलाई समयमा नै साइड लाइटको प्रयोग मार्फत संकेत गर्नुहोस् ।
  • असुरक्षित स्थान तथा बायाँ साइडबाट कहिल्यै ओभरटेक नगर्नुहोस् ।
  • आफ्नो साथमा जहिल्यै सवारी चालक अनुमति पत्र र सवारी दर्ता किताब साथमा राख्नुहोस् साथै आकस्मिक मोबाइल नम्बर, ठेगाना, आफन्तजनको नम्बर, रक्त समुह लगायतका अद्यावधिक विवरणहरु राख्नुहोस् ।
  • पार्किङ्ग गर्दा एकान्त स्थानमा पार्किङ्ग नगर्नुहोस, सधै सुरक्षित स्थानमा मात्र पार्किङ्ग गर्नुहोस् र पार्किङ्गका बखत ह्विल लक, चेन लक, ह्यान्डल लक, डिस्कलक, सुरक्षा साइरनहरु जडान गर्नुहोस् ।

विष्णु थापा, ट्राफिक प्रहरी बरिष्ठ नायव निरीक्षक

सम्बन्धित समाचारहरू

सवारी दुर्घटना पश्चात दुर्घटना सिफारिस पत्र कसरी लिने ?

सवारी दुर्घटना पश्चात दुर्घटना सिफारिस पत्र कसरी लिने ?

साँघुरा घुमाउरा सडक छन् र अधिकांश सडक खराब अवस्थामा छन् तथा अपर्याप्त छन् ।...

चालु आर्थिक वर्षमा ट्राफिक प्रहरीले चोरिएका ४१७ दुईपांग्रे सवारी साधन बुझायो धनीलाई

चालु आर्थिक वर्षमा ट्राफिक प्रहरीले चोरिएका ४१७ दुईपांग्रे सवारी साधन बुझायो धनीलाई

हराएका तथा चोरी भएका २१ दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले...

केबलकार सञ्चालनमा आएसँगै मौलाकालिका मन्दिरमा भक्तजनको घुइँचो

केबलकार सञ्चालनमा आएसँगै मौलाकालिका मन्दिरमा भक्तजनको घुइँचो

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको ऐतिहासिक धार्मिकस्थल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...