२५ किलोमिटर भन्दा बढी माइलेज दिने नयाँ मारुती सुजुकी वागनआर लन्च
मारुती सुजुकीको सबैभन्दा धेरै बिक्री हुने कार मध्येको एक मारुती सुजुकी...
काठमाडौं–सुजुकीले नेपाल ल्याएको नयाँ एड्भेन्चर मोटरसाइकल भी स्ट्रोम २५० को मूल्य ६ लाख ९९ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । सुजुकीको आधिकारिक विक्रेता भीजी अटोमोबाइल्सले अधिकतम खुद्रा मूल्य सार्बजनिक गरेको हो । भी स्ट्रोम २५० चार दिनपछि सुरु हुने अटो शोमार्फत लन्च हुँदैछ ।
सुजुकीको इन्ट्री लेभलको पहिलो एड्भेन्चर मोटरसाइकल भी–स्ट्रोम २५० लाई डेली कम्यूट, हाइवेमा लामो यात्रा र अफरोडका लागी समेत उपयोगी हुनेगरी डिजाइन गरिएको छ । यो एड्भेन्चर टुरर बाइकमा सुजुकीको इजी स्टार्ट सिस्टम, सुजुकी राइड कनेक्ट र यूएसबी आउटलेट उपलब्ध गराइएको छ ।
बाइकमा २४९ सिसी क्षमताको सिंगल सिलिन्डर आयल कुल्ड एसओएचसी इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर २६.५ पिएस र टर्क २२.२ एनएम रहेको छ । यो बाइकमा सुजुकीले अक्टागोनल आकरको एलइडी हेडलाइट जडान गरेको छ जसले बाइकको लुक्सलाई थप स्लिक देखाउन मद्धत गरेको छ । साथै पछाडी उच्च पवारयुक्त एलइडी टेल लाइट दिइएको छ । यसको ग्राउन्ड क्लिरियन्स २०५ एमएम र सिट हाइट ८ सय ३५ एमएम रहेको छ ।
यसमा दिइएको इजी स्टार्ट सिस्टमका कारण बटनलाई क्लिक गरिएकै भरमा इन्जिन स्टार्ट गर्न सकिन्छ । सुजुकी राइड कनेक्ट अन्तर्गत राइडरले आफूसंग भएको स्मार्ट फोनलाई ब्लुटुथ मार्फत यसको डिजिटल कन्सोलमा कनेक्ट गरी टर्न वाई टर्न नेभिगेसन, फोन आएको जानकारी, एसएसम अलर्ट, ह्वाट्स एप अलर्ट डिस्प्ले, मिस काल, गती उच्च भएको बारे चेतावनी र फोनको व्याट्रीको चार्जिङ वारे जानकारी लिन सक्नेछन् ।
मारुती सुजुकीको सबैभन्दा धेरै बिक्री हुने कार मध्येको एक मारुती सुजुकी...
सजुकीले आर्थिक वर्ष २०२३ मा भारतमा ९ लाख भन्दा बढी मोटरसाइकल तथा स्कुटर...
मारुती सुजुकीले हालै लन्च गरेको नयाँ एसयूभी भिक्टोरिसले छोटो अवधिमै ५०...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...