नाडा अटो शोमा सुजुकीले भी स्ट्रोम २५० लन्च गर्ने, यस्तो छ विशेषता

काठमाडौं–भदौ ११ देखी आयोजना हुने नाडा अटो शो–२०२४ मा सुजुकीले नयाँ एड्भेन्चर मोटरसाइकल भी स्ट्रोम–२५० लन्च गर्ने भएको छ । भारतीय बजारमा ३० महिनाअघि नै लन्च भएको भी स्ट्रोम २५० लाई सुजुकी मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक भीजी अटोमोबाइल्सले लन्च गर्न लागेको हो ।

सुजुकीको इन्ट्री लेभलको पहिलो एड्भेन्चर मोटरसाइकल भी–स्ट्रोम २५० लाई डेली कम्यूट, हाइवेमा लामो यात्रा र अफरोडका लागी समेत उपयोगी हुनेगरी डिजाइन गरिएको छ । यो एड्भेन्चर टुरर बाइकमा सुजुकीको इजी स्टार्ट सिस्टम, सुजुकी राइड कनेक्ट र यूएसबी आउटलेट उपलब्ध गराइएको छ ।

बाइकमा २४९ सिसी क्षमताको सिंगल सिलिन्डर आयल कुल्ड एसओएचसी इन्जिन जडान गरिएको छ । जसको अधिकतम पावर २६.५ पिएस र टर्क २२.२ एनएम रहेको छ । यो बाइकमा सुजुकीले अक्टागोनल आकरको एलइडी हेडलाइट जडान गरेको छ जसले बाइकको लुक्सलाई थप स्लिक देखाउन मद्धत गरेको छ । साथै पछाडी उच्च पवारयुक्त एलइडी टेल लाइट दिइएको छ । यसको ग्राउन्ड क्लिरियन्स २०५ एमएम र सिट हाइट ८ सय ३५ एमएम रहेको छ ।

यसमा दिइएको इजी स्टार्ट सिस्टमका कारण बटनलाई क्लिक गरिएकै भरमा इन्जिन स्टार्ट गर्न सकिन्छ । सुजुकी राइड कनेक्ट अन्तर्गत राइडरले आफूसंग भएको स्मार्ट फोनलाई ब्लुटुथ मार्फत यसको डिजिटल कन्सोलमा कनेक्ट गरी टर्न वाई टर्न नेभिगेसन, फोन आएको जानकारी, एसएसम अलर्ट, ह्वाट्स एप अलर्ट डिस्प्ले, मिस काल, गती उच्च भएको बारे चेतावनी र फोनको व्याट्रीको चार्जिङ वारे जानकारी लिन सक्नेछन् ।

केटिएम २५० एड्भेन्चरसंग सिधा प्रतिस्पर्धा गर्ने यो नयाँ मोटरसाइकलको मूल्य नेपाली बजारमा ७ लाख हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

अंग्रेजी नयाँ वर्ष २०२२ देखि नेपालमा समेत सुजुकी कारको मूल्य बढ्ने

अंग्रेजी नयाँ वर्ष २०२२ देखि नेपालमा समेत सुजुकी कारको मूल्य बढ्ने

काठमाडौं – नेपाली बजारमा उपलब्ध सुजुकी कारको मूल्य अंग्रेजी नयाँ वर्ष...

सस्तो कारको बिक्रीमा धेरै ब्रान्डलाई पछि पा-यो मारुती सुजुकीले, यस्तो छ तथ्य

सस्तो कारको बिक्रीमा धेरै ब्रान्डलाई पछि पा-यो मारुती सुजुकीले, यस्तो छ तथ्य

भारतका साथै नेपालमा समेत मारुती सुजुकीका कारहरु निकै लोकप्रिय छन् । विगत...

सुजुकीको २ नयाँ एसयुभी नेपाल आउने प्रतिक्षामा, ग्रान्ड भिटराले बजार हिस्सा झनै बढाउने अनुमान

सुजुकीको २ नयाँ एसयुभी नेपाल आउने प्रतिक्षामा, ग्रान्ड भिटराले बजार हिस्सा झनै बढाउने अनुमान

मारुती सुजुकीले भारतमा हालसालै २ नयाँ एसयूभी सार्वजनिक गरेको छ । यसअघिको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...