अटो शो र फेस्टिभ सिजनको पूर्वसन्ध्यामा सहरमा बढ्दै शोरुम, भित्रिदै नयाँ ब्रान्ड

आगामी भाद्र ११ देखि अटोमोबाइल व्यवसायीहरुको लागि चाडपर्वकै रुप मानिने नाडा अटो शो २०२४ शुरु हुँदैछ । अटो शोमा नयाँ ब्रान्ड र नयाँ मोडल प्रदर्शन गरिने पहिले देखिकै चलन हो । यो वर्ष विशेष गरी नयाँ ईभी ब्रान्ड भित्रिने लहर नै चलेको छ र ती ब्रान्डका उत्पादन पनि प्रदर्शन गर्ने तयारीमा व्यवसायीहरु रहेका छन् ।

यही मेसोमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नयाँ शोरुम खुल्ने क्रम पनि चलिरहेको छ । विभिन्न स्थानमा शोरुमको सजावट चलिरहेको देख्न सकिन्छ । अटोमोबाइल हब मानिने थापाथली, नक्साल, बालुवाटार, टेकु आदि स्थानमा यस्ता शोरुम सजावटको तयारी भइरहेको छ । यसका साथमा ‘कमिङ सुन’ लेखेर आफ्नो ब्रान्ड प्रवद्र्धन गर्ने अभियान पनि चलिरहेको छ ।

नेपालमा भित्रिने नयाँ ब्रान्ड जिकरको शोरुम थापाथलीमा खुल्दै छ । जिकर ब्रान्ड पहिलो पटक नेपाल भित्रिदै छ । नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले जिकर एक्स नेपाली बजारमा उपलब्ध गराउने बताएको छ । यसको मूल्य समेत सार्वजनिक भइसकेको छ । रियर ह्विल र अल ह्विल ड्राइभमा उपलब्ध हुने जिकर एक्सको मूल्य क्रमशः ९० लाख र १ करोड ६० लाख पर्ने जनाइएको छ ।

थापाथलीमा अवस्थित फोर्ड शोरुमसँगै नयाँ ब्रान्ड काईको शोरुम पनि तयार हुँदैछ । काई एक्स३ प्रो नेपाली बजारमा उपलब्ध हुनेछ । गोल्छा ग्रुप अन्तर्गतको जिओ अटोमोबाइल्सले सो ब्रान्डका गाडीका लागि शोरुम तयार गरेको हो । यही ब्रान्ड एलआरआर ग्रुप र लक्ष्मी ई–मोबिलिटीले समेत ल्याउने घोषणा गरिसकेका छन् ।

सीजी मोटर्सले स्मार्ट, एक्सपेङ र अवतार लगायतका विभिन्न नयाँ ब्रान्ड नेपाली बजारमा भित्र्याएको छ । यसको शोरुम पनि थापाथलीमा भव्य रुपमा तयार हुँदैछ । थापाथलीको मुख्य चोक नजिकै सीजी मोटर्सले यी वाहेक अन्य ब्रान्डलाई समेत समेट्दै छ ।

नेपाली बजारमा उपलब्ध हुने अर्को ब्रान्ड एलएस अटोको शोरुम बालुवाटारमा निर्माण हुँदैछ । वेबर ग्रुप अन्तर्गतको नेक्सन भेन्चर्स प्रालिले विश्वको प्रतिष्ठित डिजाइन हाउस सांघाई लन्च अटोमोटिभको पहिलो प्रिमियम एसयूभी एलईभी ०१ नेपाली बजारमा उपलब्ध गराउने बताएको छ ।

सम्बन्धित समाचारहरू

नेक्सन ईभी फेरि बन्ला हट सेलर ?

नेक्सन ईभी फेरि बन्ला हट सेलर ?

टाटा नेक्सन ईभी कुनै बेला नेपाली बजारमा धेरै माग गरिएको ईभी थियो । टाटा...

बीवाईडीले ल्याउने नयाँ इलेक्ट्रिक कार ‘बीवाईडी सील’ को तस्बिर सार्वजनिक

बीवाईडीले ल्याउने नयाँ इलेक्ट्रिक कार ‘बीवाईडी सील’ को तस्बिर सार्वजनिक

बीवाईडीले बजारमा लन्च गर्ने अन्तिम तयारीमा रहेको नयाँ इलेक्ट्रिक कार...

अटोमोबाइल उद्योगमा सन् २०२५ फर्केर हेर्दा, कति लन्च भए र कति बिक्री भए?

अटोमोबाइल उद्योगमा सन् २०२५ फर्केर हेर्दा, कति लन्च भए र कति बिक्री भए?

अटोमोबाइल उद्योगका लागि वर्ष २०२५ अत्यन्तै महत्वपूर्ण र परिवर्तनकारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...