लिप मोटर्सको बिक्रेतामा सांग्रिला मोटर्स नियुक्त, अटो शोमा सी-१० एसयूभी लन्च गर्ने

काठमाडौं–लिप मोटर्सको बिक्रेतामा सांग्रिला मोटर्सले बाजी मारेको छ । यसअघि एमएडब्लु ग्रुप अन्तर्गतको बाणिज्य विकास कम्पनीले लिप मोटर्सका ईभी आयत गर्ने चर्चा चलेपनि अन्तिममा सांग्रिला मोटर्सले डिलरसिप पाएको हो ।

लिप मोटर्समा स्टेलान्टिस समुहको प्रवेशसंगै यी दुई कम्पनीले डिलरसिप लिन आफ्नो दावी पेश गरेका थिए । उक्त समुहमा सामेल जीपलाई एमएडब्लु ग्रुपले बिक्री गर्दै आएको छ भने सिट्रोन र पूजोलाई सांग्रिला मोटर्सले बिक्री गरिरहेको छ । बाणिज्य विकास प्रालिले टि–०३ मोडल ल्याउने भन्दै मूल्य सूची समेत प्रकाशन गरिसकेको थियो ।

आगामी नाडा अटो शोमा सहभागी हुन लिप मोटर्सको नाममा सांग्रिला मोटर्सले स्टल समेत वुकिङ गरिसकेको छ । कम्पनीले लिप मोटर्सको पहिलो मोडलका रुपमा सी–१० एसयूभी ल्याउने योजना बनाएको छ ।

लिप सी–१० मा १७० किलोवाटको इलेक्ट्रीक मोटर जडान गरिएको छ । यसमा ५२.९ र ६९.९ किलोवाट आवर क्षमताको ब्याट्री प्याक छ । यी दुई मध्ये कुन ब्याट्री अप्सनमा नेपाल आउँछ भन्ने विषयमा हालसम्म टुंगो लागिसकेको छैन ।

सम्बन्धित समाचारहरू

दराज महाबचत बजार : यी ब्रान्डका इलेक्ट्रिक स्कुटर किन्दा २५ हजार छुट

दराज महाबचत बजार : यी ब्रान्डका इलेक्ट्रिक स्कुटर किन्दा २५ हजार छुट

काठमाडौं – दराज अनलाइन सपिङले महाबचत बजार उपलब्ध गराइरहेको छ । सो अवसरमा...

कार्लोसको नेपाल भ्रमणभर सीजी मोटर्सले एक्सपेङ जी६ ईभी उपलब्ध गराउने

कार्लोसको नेपाल भ्रमणभर सीजी मोटर्सले एक्सपेङ जी६ ईभी उपलब्ध गराउने

काठमाडाैं – ब्राजिलका महान फुटबलर रोबर्टो कार्लोसको नेपाल भ्रमणलाई सहज...

इलेक्ट्रिक कारमा आयो फेस्टिभ अफर, एमजी कार किन्दा २ लाखसम्म फाइदा

इलेक्ट्रिक कारमा आयो फेस्टिभ अफर, एमजी कार किन्दा २ लाखसम्म फाइदा

काठमाडौं– इलेक्ट्रिक कार बिक्री गर्ने कम्पनीको उपस्थिती वढेसंगै यो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...